Rashtriya Dainik

पश्चिम नवलपरासीका सात स्थानीय तहमा शोक बिदा, सामाजिक सञ्जाल प्रतिबन्ध हटाइयो

राष्ट्रिय दैनिक / नवलपरासी ,२४ भदौ

पश्चिम नवलपरासी जिल्लामा रहेका सातवटै स्थानीय तहहरूले आज (मंगलबार) शोक बिदा घोषणा गरेका छन्। नयाँ पुस्ताका युवा (जेनजी) को शान्तिपूर्ण प्रदर्शनका क्रममा ज्यान गुमाएका युवाप्रति श्रद्धाञ्जलीस्वरूप शोक बिदा दिइएको हो।

रामग्राम, बर्दघाट, सुनवल नगरपालिकासहित पाल्हीनन्दन, सरावल, सुस्ता र प्रतापपुर गाउँपालिकाले संयुक्त रूपमा सूचना निकाल्दै शोक बिदाको घोषणा गरेका छन्। शोक बिदाका कारण पालिकाभित्रका शैक्षिक संस्था, वडा कार्यालय र अन्य सार्वजनिक सेवा आज बन्द रहेका छन्।

स्थानीय तहले जारी गरेको विज्ञप्तिमा अप्रत्यासी र अकल्पनीय ढंगले ठूलो संख्यामा युवाको निधनले सम्पूर्ण जिल्ला स्तब्ध भएको उल्लेख छ। साथै, वर्तमान विषम परिस्थितिलाई शान्ति र संयमपूर्वक समाधान गर्न नेपाल सरकारसँग आग्रह गरिएको छ।

यसैबीच आन्दोलनपश्चात सरकारले सामाजिक सञ्जालमा लगाइएको प्रतिबन्ध हटाउने निर्णय गरेको छ। सामाजिक सञ्जालमै जोडिएका भ्रष्टाचारविरोधी मुद्दा र स्वतन्त्रताका मागलाई आधार मानेर प्रदर्शन भइसकेपछि सरकारले प्रतिबन्ध खुला गरेको हो।

जेनजी भनेर चिनिने पुस्तामा १३ देखि २८ वर्ष उमेर समूहका युवा पर्छन्। यही पुस्ता भ्रष्टाचारविरोधी आवाजसहित आज दाेस्राे दिन पनि सडकमा त्रिएका छन।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित