काठमाडौं ,२४ भदौ । ललितपुरको सुनाकोठीस्थित सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङको निवासमा मंगलबार प्रदर्शनकारीहरूले आगजनी गरेका छन्।
प्रहरी स्रोतका अनुसार आन्दोलनकारीहरूले ढुंगामुढा गर्दै प्रहरी घेरा तोडेपछि निवासभित्र प्रवेश गरी आगो झोसेका हुन्। सुरक्षाकर्मीहरूले नियन्त्रणमा लिन प्रयास गरे पनि भीडको चापका कारण परिस्थिति थप जटिल बनेको बताइएको छ।
सुरक्षा अधिकारीहरूले आगो नियन्त्रणका लागि प्रयास जारी रहेको बताएका छन्। घटनास्थलमा थप प्रहरी र दमकल परिचालन गरिएको छ।
प्रदर्शनकारीहरूको आक्रमणपछि आसपासमा तनावग्रस्त अवस्था बनेको छ भने स्थानीयलाई सचेत रहन आग्रह गरिएको छ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

