काठमाडौं,२४ भदौ
राष्ट्रिय ट्रमा सेन्टरमा उपचारका लागि पुगेकामध्ये आठ जनाको मृत्यु भएको छ । हालसम्म पाँच जनाको मात्र पहिचान खुलेको छ भने अन्य मृतकको नाम नखुलेको सेन्टरका प्रमुख मेडिकल सुपरिन्टेण्डण्ट डा. बद्री रिजालले जानकारी दिएका छन् ।
पहिचान भएकामध्ये अन्दाजी १९ वर्षीय ग्लोबल कलेजका विद्यार्थी श्रीयाम चौलागाईं, बाँकेका सुलभराज श्रेष्ठ, काठमाडौँ कीर्तिपुरका बुद्धि तामाङ, काठमाडौँ वनस्थलीका स्टप अधिकारी र गौरव जोशी रहेका छन् ।
डा. रिजालका अनुसार ट्रमा सेन्टरमा उपचारका लागि ५६ जना घाइते पुगेका थिए ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दिएको तथ्याङ्कअनुसार सोमबारको जेनजी पुस्ताको प्रदर्शनमा प्रहरीको गोली लागेर १९ जनाको मृत्यु भएको र ४२१ जना घाइते भएका थिए ।
अस्पतालअनुसार मृत्यु हुनेहरूमध्ये सिभिल अस्पतालमा ३, ट्रमा सेन्टरमा ८, एभरेष्ट अस्पतालमा ३, केएमसीमा २, त्रिवि शिक्षण अस्पतालमा १ र बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा २ जनाको निधन भएको हो ।
यसैबीच सरकारले प्रदर्शनमा घाइते भएकाहरूको निःशुल्क उपचारको व्यवस्था गर्ने निर्णय गरिसकेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले यसबारे स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई आवश्यक निर्देशन दिएको छ ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

