Rashtriya Dainik

“प्रधानमन्त्रीको राजीनामा नआउने : मन्त्री गुरुङ, गृहमन्त्री लेखकले दिए राजीनामा”

काठमाडौं ,२३ भदौ । संचार तथा सूचना प्रविधिमन्त्री पृथ्बीसुब्बा गुरुङले प्रधानमन्त्रीको राजीनामा नआउने स्पष्ट पारेका छन्। सोमबार अबेर रातिसम्म बसेको मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै उनले प्रधानमन्त्री र अन्य मन्त्रीहरूको राजीनामा नहुने बताएका हुन्।

तर गृहमन्त्री रमेश लेखकले भने पदबाट राजीनामा दिएको जानकारी उनले दिए। सञ्चारकर्मीले आन्दोलनकारीको दबाबबारे प्रश्न गर्दा मन्त्री गुरुङले “सडकमा बसेर राजीनामा मागेर हुन्छ ?” भन्ने जवाफ दिएका थिए।

त्यस्तै, सरकारले जेनजी प्रदर्शनमा ज्यान गुमाएकाहरूको परिवारलाई उचित राहत उपलब्ध गराउने र घाइतेहरूको निःशुल्क उपचार गर्ने निर्णय गरेको पनि मन्त्री गुरुङले जानकारी दिए।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित