Rashtriya Dainik

सशस्त्र प्रहरी बल भुजहवा बिअाेपिकाे एक्सनमा लाखाैकाे सामान बरामद

नन्दु यादव /फागुन १०/नवलपरासी

पश्चिम नवलपरासी जिल्लाकाे सरावल गाउपालिका वडा ६ भुजहवामा रहेकाे सशस्त्र प्रहरी बल नेपाल बिअाेपि भुजहवाले सक्रियता रुममा कामकाज लाई अगाडि बढाउदा सिमा नाका बाट अबैध सामानहरु धमाधम पक्राउ पर्न थालेका छन ।यसै गरि भारतबाट नेपाल अाउदै गरेकाे रु ३ लाख १४हजार बराबरकाे फेअर लभलि नामक अनुहारमा लगाउने पाउडर गणेशपुर नाकाबाट नियन्त्रण लिएकाे छ ।भारतबाट लुकिछि लिएर अाउदै गर्दा सशस्त्र प्रहरी लाई देखेपछि सामान छाेडेर भागेपछि सामान नियन्त्रणमा लिएकाे बताईएकाे छ ।

नियन्त्रणमा लिईएकाे सामानलाई अावश्यक कार्वाहिका लागि महेशपुर भन्सार कार्यालय पठाईने सशस्त्र प्रहरी बल नेपाल बिअाेपि भुजहजाका प्रहरी निरिक्षक धनराज बुढाथाेकिले जानकारी दिनु भयाे ।

केही समय अगाडि सरुवा भएर अाउनु भएका बुढाथाेकि लाखाैकाे सामान पक्राउ गरि भन्सार कार्यालमा बुझाएका छन ।चाेरि तस्करि ,चेलिबेटि बेचबिखन ,लागुपदार्थ दुर्ब्यसन ,महिला हिसा लगायतकाे समस्यालाई न्युनिकरण गर्ने मुख्य याेजना रहेकाे वहाले बताउनु भयाे ।गलत काममा कसैसग सम्झाैता गर्न नसकिने प्रतिबद्धता ब्यक्त गरे । सशस्त्र प्रहरी बल भुजहवालेे सिमा नाकामा कडा निगरानी गरेकाे छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित