Rashtriya Dainik

जेनजी आन्दोलनपछि सामाजिक सञ्जाल पुनः सञ्चालनमा

काठमाडौं ,२३ भदौ

सामाजिक सञ्जालमाथि सरकारले लगाएको प्रतिबन्ध अन्ततः खुला भएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सामाजिक सञ्जाल सञ्चालन गर्ने निर्णय गरेको सूचना तथा सञ्चार प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले जानकारी दिएका छन् ।

मन्त्री गुरुङका अनुसार, चर्को विरोध, जेनजीहरूको आन्दोलन र सत्तारुढ दलभित्रैबाट आएको दबाबका कारण सरकारले निर्णयबाट पछि हट्नुपरेको हो । प्रतिबन्धका कारण काठमाडौंमा १७ र इटहरीमा २ जनाको ज्यान गएको थियो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्मा सामाजिक सञ्जाल एक्सले नेपालमा दर्ता गर्न अस्वीकार गर्दै राष्ट्रिय स्वाभिमानमा ठेस पुग्नेगरी व्यवहार गरेको उल्लेख गरेका थिए । तर, परिस्थिति नियन्त्रण बाहिर गएपछि सामाजिक सञ्जाल पुनः सञ्चालनमा ल्याइएको हो ।

यसअघि सूचना, सञ्चार तथा प्रविधि मन्त्रालयले १९ भदौमा मन्त्रीस्तरीय निर्णय गरेर सामाजिक सञ्जालहरू बन्द गराएको थियो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित