Rashtriya Dainik

जेनजी अभियन्ता अमित खनाल : ‘राजनीतिक प्रवेशले आन्दोलन अराजक बनायो’

काठमाडौं ,२३ भदौ । जेनजी समूहका अभियन्ता अमित खनालले सोमबार माइतीघरमा भएको प्रदर्शन अराजक हुनुमा राजनीतिक समूहहरूको प्रवेश मुख्य कारण भएको बताएका छन् ।

खनालले भने, “हाम्रो आन्दोलन पूर्णरूपमा शान्तिपूर्ण हुने थियो, तर केही व्यक्ति र समूह प्रवेश गरेपछि वातावरण बिग्रियो ।”

उनका अनुसार रास्वपा र व्यापारी दुर्गा प्रसाईँका केही कार्यकर्ताहरू पनि आन्दोलनमा सहभागी भएका थिए । प्रारम्भमा उनीहरूले समर्थन जनाए पनि भीड बढेसँगै तोडफोडतर्फ मोडिएको खनालको दाबी छ ।

खनालले थपे, “हामीलाई देखाएर राजनीतिक दल र स्वार्थी मान्छेहरूले आफ्ना एजेन्डा अघि बढाउन खोजे, जसले गर्दा दुखद घटना भयो । भ्रष्टाचार र सुशासन हाम्रो मुख्य मुद्दा भए पनि उनीहरूले सामाजिक सञ्जालका विषय उठाएर आन्दोलनलाई भाड्न खोजे ।”

जेनजी समूहले भ्रष्टाचारमुक्त नेपाल र सुशासनको मागसहित सोमबार माइतीघरमा प्रदर्शन गरेको थियो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित