पर्सा, २३ भदौ ।
पर्साको धोबिनी गाउँपालिकामा सरुवा भई आएका प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद खतिवडा ले आजदेखि औपचारिक रुपमा कार्यभार सम्हालेका छन् ।
गाउँपालिकाको सभा हलमा आयोजित स्वागत तथा परिचयात्मक कार्यक्रममा जनप्रतिनिधि, कर्मचारी, प्रहरी र पत्रकारको उल्लेखनीय उपस्थिती रहेको थियो । कार्यक्रममा स्वास्थ्य शाखा प्रमुख काबिन्द्र यादव, वडा अध्यक्ष दबेन्द्र प्रसाद कुर्मी, शिक्षा प्रमुख बृजकिशोर त्रिपाठी, योजना प्रमुख पपु पटेल, जिन्शी प्रमुख प्रदीप पटेल, इन्जिनियर रबिभुशन पटेल, साथै तजेन्द्र माली, प्रदीप गुप्ता, रबिन्द्र शर्मा, बृजकिशोर पटेल, गणेश शाहि, रामलोचन साह लगायतले खतिवडालाई फूलमाला र दोसल्ला ओढाएर स्वागत गरेका थिए ।
कार्यभार ग्रहणपछि अधिकृत खतिवडाले नियम–कानुनले तोकेअनुसार पारदर्शी ढंगले काम गर्ने र पालिकालाई समृद्ध बनाउन जनप्रतिनिधि तथा कर्मचारीबीचको सहकार्य अपरिहार्य रहेको बताए । उनले छिटो र छरितो सेवा प्रवाह गर्ने प्रतिबद्धता समेत जनाए ।
कार्यक्रममा सहभागीहरूले नयाँ अधिकृतसँग सहकार्य र समन्वय गर्दै पालिकाको विकास र जनसेवामा योगदान पुर्याउने अपेक्षा व्यक्त गरेका थिए ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

