आरपि उपाध्याय / नवलपुर, २३ भदौ
नेपाली काङ्ग्रेस जिल्ला कार्यसमिति नवलपुरको विस्तारित बैठक कावासोती स्थित वि.पि. भवनमा आइतबार सम्पन्न भएको छ।
नेपाली काङ्ग्रेस जिल्ला कार्य समितिका सभापति महेन्द्रध्वज जि.सी.को अध्यक्षता बैठक सम्पन्न भएको हो।
जिल्ला कार्य समितिको विस्तारित बैठकले नेपाली काङ्ग्रेसका संस्थापक नेता जननायक वि.पि. कोइरालाको ११२ औं जन्म जयन्तिलाई भाद्र २४ गते का दिन प्रादेशिक अस्पताल डण्डामा बिरामीहरुलाई फलफुल वितरण गरि मनाउने निर्णय भएको छ।
त्यसैगरी नवलपुरका ८ पालिकाहरुमा जिल्ला कार्य समितिका पदाधिकारीहरुको विशेष उपस्थितिमा भाद्र २८ गते वृक्षारोपण,अन्तरक्रिया, विचार गोष्ठी सहितको कार्यक्रम गरि मनाइने निर्णय भएको जिल्ला कार्य समितिका सहसचिव उदयराज अर्यालले जानकारी दिनुभएको छ।

जिल्ला अन्तर्गतका पालिकाहरुमा मनाइने वि.पि. जयन्ती समारोहमा सभापति महेन्द्रध्वज जि.सी. लाई गैंडाकोट नगरपालिकामा,उपसभापति चन्द्र बहादुर रानालाई कावासोती र अर्का उपसभापति बालकृष्ण घिमिरेलाई मध्यबिन्दुमा खटाइएको छ भने जिल्ला कोषाध्यक्ष राजकुमार महतोलाई विनयी त्रिवेणी,सहसचिव उदयराज अर्याललाई हुप्स्र्कोट,सचिव होमराज रानाभाटलाई बुलिङटार र सहसचिव राजेश पौडेललाई बौदीकाली गाउँ पालिकामा जिल्ला प्रतिनिधिको रुपमा खटाइने निर्णय भएको छ।

जिल्ला कार्य समितिको सम्पन्न विस्तारित बैठकमा महासमिति सदस्य, महाअधिवेशन प्रतिनिधि,जिल्ला कार्य समिति सदस्य,क्षेत्रीय सभापतिहरु,प्रदेश सभापति,पालिका सभापतिहरु र भातृ तथा शुभेच्छुक संस्थाका प्रमुख एवं प्रतिनिधिहरुको उपस्थिति रहेको थियो।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

