Rashtriya Dainik

मातृभूमि बहुउद्देश्यीय सहकारी संस्था लि.को ३१ औ वार्षिक साधारण सभा सम्पन्न

अमृता सुनार/नवलपरासी ,२२ भदौ

मातृभूमि बहुउद्देश्यीय सहकारी संस्था लि.सुनवल ३ खैरेनीको ३१ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

संस्थाका अध्यक्ष नारायण प्रसाद अर्यालको अध्यक्षता तथा सुनवल नगरपालिका वडा नं ३ का वडाध्यक्ष पविन गुरुङ्गको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा बोल्दै प्रमुख अतिथी गुरुङ्गले समाज परिवर्तनका लागि संस्थाको अहम भूमिका रहेको र बहुउद्देश्यीय संस्था भएकाले धेरै किसिमका क्षेत्रबाट सेवा सुविधा दिई रहेको भन्दै महिला सदस्यहरुका लागि उद्यम विकास, सम्बन्धी तालिम सञ्चालन गर्नुपर्ने बताउनुभयो । साथै उहाले संस्थालाई अगाडि बढाउन चिन्तन मनन गर्नु पर्ने भन्दै कृषि उत्पादनमा जोडिन आग्रह गर्नु भयो ।

सभामा अध्यक्ष अर्यालले आफुले जिम्मेवारी लिएदेखि नै सहकारीको हितका लागी काम गरेको बताउनुभयो । आफनो र सहकारीका सबै सदस्यहरुको सामुहिक प्रयासबाट सहकारीले सोचे जति प्रतिफल हासिल गर्न सकेको बताउनुभयो। साथै आगामी दिनमा सहकारीलाई अझ प्रभावकारी रुपमा अघि बढाइने दाबी गर्नुभयो ।

यस्तै अध्यक्ष अर्यालले २०८१/०८२ को कार्य प्रगति प्रतिवेदन प्रस्तुत गर्दै संस्थामा हाल १ हजार ४१ शेयर सदस्य र संस्थाको शेयर पुजी रु १ करोड १२ लाख ११ हजार ५ सय रहेको बताउनुुभयो । त्यस्तै सचिव केशवराज न्यौपानेले सचिवको प्रतिवेदन, कोषाध्यक्ष लोकनाथ भण्डारीले आर्थिक प्रतिवेदन र लेखा संयोजक रबि प्रताप चौधरीले लेखा प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

सहकारीले आव २०८१/०८२ मा २४ लाख ४ हजार ३ सय ८८ रुपैया शुद्ध नाफा आर्जन गर्न सफल भएको छ । संस्थाको कुल निक्षेप १२ करोड ५१ लाख ८२ हजार ५ सय ९ रहेको छ । त्यसैगरी कुल लगानीमा रहेको ऋण रु १० करोड १५ लाख ६३ हजार ३ सय ४ रहेको छ ।

कार्यक्रममा दुग्ध उत्पादन उपसमितिका सदस्य थानेश्वर पाण्डे, संस्थाका सल्लाहकार एवं महाकवि देवकोटा क्याम्पसका अध्यक्ष कृष्ण प्रसाद लामिछाने, सुनवल नगरपालिका सहकारी संजालका अध्यक्ष दयाराम भण्डारी, सयपत्री बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष कृष्ण बन्धु अर्याल, संस्थाका निवर्तमान अध्यक्ष गोपाल प्रसाद शर्मा, लुम्बिनी दुग्ध वितरण केन्द्र बृटवलका प्रमुख कृष्णदिप अर्याल लागाएतले अहिले बजारमा प्रचार भए जस्तै सबै सहकारीलाइ एकै नजरले हेर्न नहुने बताउनुभयो । केही सहकारीका कारण सबै सहकारीहरुको बदनाम भएकाले केही सहकारीले समाजमा धेरै राम्रो काम गरेको बताउनुभयो । साथै असल नियतबाट संचालन भएका सहकारी सधै नागरिक र आफना शेयर सदस्यप्रति उत्तरदायि हुने भएकाले स्थानिय स्तर बाट संचालनमा आएका सहकारीले गरेको लगानी खेर नजाने दाबी गर्नुभयो ।

कार्यक्रममा ७५ वर्ष पूरा भएका शेयर सदस्य, एसईई, प्लस टू, स्नातक र स्नातकोत्तरमा उत्कृष्ठ अंक ल्याउने शेयर सदस्यका छोरा छोरीलाई सम्मान पत्रले सम्मान गरिएको थियो भने सबै भन्दा बढी दूध संकलकहरुलाई पनि पुरस्कार प्रदान गरिएको थियो । उपाध्यक्ष निर्मल चापागाइको स्वागत मन्तव्य रहेको कार्यक्रमको संचालन सचिव केशवराज न्यौपानेले गर्नु भएको थियो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित