Rashtriya Dainik

नेपाल रेडक्रस दिवसको अवसरमा सुनवलमा उद्घोषण तालिम सम्पन्न

राष्ट्रिय दैनिक / नवलपरासी ,२२ भदौ

नेपाल रेडक्रस दिवसको अवसरमा नेपाल रेडक्रस सुनवल उपशाखाको आयोजनामा जुरेस /युरेस १ दिने उद्घोषण तालिम सम्पन्न भएको छ ।

जुनियर युवा रेडक्रस सर्कलका संयोजक शिवु रेग्मीको अध्यक्षता एवम मुलपानी सामुदायिक वनका अध्यक्ष यज्ञ प्रसाद पाण्डेको प्रमुख आतिथ्यता तथा रेडक्रस सोसाइटी जिल्ला शाखा उपाध्यक्ष कृष्ण प्रसाद लामिछाने, सुनवल उपशाखा अध्यक्ष गोपाल प्रसाद शर्मा लगाएतको उपस्थिती रहेको थियो ।

कार्यक्रममा नेपाल रेड्क्रस सोसाइटी सुनवल उपशाखा अन्तर्गत जुरेस युरेस गठन भएका क्याम्पस ,निजी विद्यालय र सामुदायिक विद्यालय गरि ३५ विद्यालयका १०५ जना विद्यार्थी शिक्षकहरूको सहभागीता रहेको सो कार्यक्रममा पत्रकार रमेश कुमार भुसालले प्रशिक्षण दिनुभएको थियो । जुरेस/युरेसका सचिव संगम पाण्डे र कोषाध्यक्ष तिलोत्तमा ज्ञवालीले कार्यक्रम संचालन गर्नुभएको थियो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित