राष्ट्रिय दैनिक / नवलपरासी,२२ भदौ
२२ औँ निजामती सेवा दिवसको अवसरमा आइतबार पश्चिम नवलपरासीको सदरमुकाम परासीमा प्रभातफेरी निकालिएको छ।
जिल्ला प्रशासन कार्यालय पश्चिम नवलपरासीकाे आयाेजनामा २२ औं निजामती सेवा दिवस प्रभातफेरी एवं विविध कार्यक्रम सहायक प्रमुख जिल्ला अधिकारी पाेषन राज भण्डारीकाे नेतृत्वमा भएको हाे।

प्रभातफेरीमा जिल्लास्थित विभिन्न सरकारी कार्यालयका प्रमुख, निजामती कर्मचारी, सुरक्षाकर्मी, जनप्रतिनिधि तथा सामाजिक अगुवाहरूको सहभागिता रहेको थियो।

कार्यक्रममा सहभागीहरूले “व्यवसायिक र सिर्जनशिल प्रशासनः विकास, समृद्धि र सुशासन” भन्ने नारालाई आत्मसात गर्दै परासी बजारको विभिन्न मार्ग परिक्रमा गरेका थिए।

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

