Rashtriya Dainik

शुभ लाभ बचत तथा ऋण सहकारी संस्थाको १४ औं साधारणसभा तथा पाचौं अधिवेशन सम्पन्न

आरपि उपाध्याय / नवलपरासी ,२२ भदौ

शुभ लाभ बचत तथा ऋण सहकारी संस्था लिमिटेड विनयी त्रिवेणी ७ को १४ औं साधारणसभा तथा पाचौं अधिवेशन शिवपुरगढी स्थित गुम्बा हलमा शनिबार सम्पन्न भएको छ।
संस्थाका अध्यक्ष प्रकाश कुवरको अध्यक्षतामा आयोजित साधारणसभाका प्रमुख अतिथि विनयी त्रिवेणी ७ का वडा अध्यक्ष उमेश कार्की रहनुभएको थियो।

सो अवसरमा प्रमुख अतिथि कार्कीले आर्थिक क्रियाकलाप गर्न सहकारी बलियो माध्यम रहेको हुँदा अनुशासित ढङ्गबाट गरिने आर्थिक क्रियाकलापले सेयर सदस्यको आर्थिक प्रगति निश्चित हुने धारणा राख्नुभयो।


कार्यक्रममा साना किसान कृषि सहकारी संस्थाकी अध्यक्ष सरस्वती बस्नेत,त्रिवेणी मध्यवर्ती सहकारी संस्थाका अध्यक्ष विष्णुप्रसाद श्रेष्ठ,सेयर सदस्य चुरामणी ज्ञवाली,शुभ लाभ बचत तथा ऋण सहकारी संस्थाका संस्थापक अध्यक्ष दिपक कुवर,संस्थाका उपाध्यक्ष मदन प्रसाद ज्ञवाली,सञ्चारकर्मी आर.पि. उपाध्याय लगायतले सहकारी गतिविधि माथि प्रकाश पार्नुभएको थियो।
साधारणसभा तथा अधिवेशनमा संस्थाका अध्यक्ष कुवरले अध्यक्षको प्रतिवेदन सहित आर्थिक वर्ष २०८१/०८२ को वार्षिक वित्तीय विवरण र लेखा संयोजक सिद्ध कुमार थापाले लेखा समितिको प्रगति प्रतिवेदन प्रस्तुत गर्नु भएको कार्यक्रम सञ्चालिका शोभा पौडेलले जानकारी दिनुभएको छ।


सो अवसरमा बाल बचतकर्ता कृषिका कुशवाहा,नियमित बचतकर्ता वसन्त उपाध्याय,आर्थिक बचतकर्ता बिना ज्ञवालीलाई मायाको चिनो सहित सम्मान गरिएको थियो।
कार्यक्रममा वृद्ध सम्मान कार्यक्रम अन्तर्गत जयबुन मिया,योग बहादुर थापा,लक्ष्मी भट्टराई,जय बहादुर तामाङ,रामलखन महतो,अनिता गुरुङलाई दोसल्ला ओढाइ सम्मान गरिएको जानकारी प्राप्त भएको छ।
त्यसैगरी कार्यक्रममा १ लाखभन्दा बढी बचतकर्ताहरुलाई कदर सहित सम्मान गरिएको संस्थाले बताएको छ।
२०६८ सालमा ५५ सेयर सदस्यबाट प्रारम्भ भएको शुभ लाभ बचत तथा ऋण सहकारी संस्थामा हाल ३०२ सेयर सदस्य रहेको जानकारी गराइएको थियो।

सहकारी संस्थालाई पारदर्शिता र जवाफदेहीताको मुल सिद्धान्तलाई आत्मसात गरि सहकारी सिद्धान्त र सहकारी शिक्षाको पालना गर्दै अगाडि बढ्ने पनि प्रतिबद्धता व्यक्त गरिएको बताइएको छ।
सम्पन्न अधिवेशनमा प्रकाश कुवरको अध्यक्षतामा पदाधिकारीहरु सर्वसम्मत चयन भएको छ भने अन्य सदस्यहरूको चयन प्रक्रिया भैरहेको पनि बन्द सत्रका एक सेयर सदस्यले बताएका छ्न।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित