Rashtriya Dainik

भुजहवा जनता मा.वि. का अंग्रेजी माध्यमका विद्यार्थीलाई समाजसेवी मनाेहर यादवद्वारा पोशाक वितरण

राष्ट्रिय दैनिक / नवलपरासी ,२१ भदौ

पश्चिम नवलपरासीको सरावल गाउँपालिका–६ मा अवस्थित जनता माध्यमिक विद्यालय, भुजहवामा अध्ययनरत अंग्रेजी माध्यमका विद्यार्थीलाई समाजसेवी मनोहर यादवले पोशाक वितरण गरेका छन्।

यादवले आफ्नो व्यक्तिगत पहलमा ३० जना विद्यार्थीलाई टि–शर्ट वितरण गरेका हुन्। उनले यसलाई शैक्षिक क्षेत्रमा गरिएको सानो सहयोग भन्दै आगामी शैक्षिक सत्रमा विद्यालयका १४५ जना विद्यार्थीलाई पोशाकसँगै अन्य शैक्षिक सामग्री पनि व्यक्तिगत लगानीमा उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेका छन्।

विद्यालय परिवारले यादवको सहयोगप्रति आभार व्यक्त गर्दै यस प्रकारको सहयोगले विद्यार्थीलाई पढाइप्रति थप प्रोत्साहित गर्ने विश्वास व्यक्त गरेकाे छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित