राष्ट्रिय दैनिक / नवलपरासी ,२० भदौ
पश्चिम नवलपरासी सुस्ता गाउँपालिकामा वार्षिक प्रगति समिक्षा कार्यक्रम शुक्रबार सम्पन्न भएको छ।
आर्थिक वर्ष २०८१/०८२ को वार्षिक प्रगति समिक्षा कार्यक्रम पालिकाको सभाहलमा सम्पन्न भएको हो।
वार्षिक प्रगति समिक्षा कार्यक्रममा गत आ.व. मा पालिकाले गरेको आर्थिक क्रियाकलाप विकास निर्माण लगायतको गतिविधि सार्वजनिक गरिएको थियो।

कार्यक्रममा सुस्ता गाउँपालिका अन्तर्गतका एक दर्जन शाखाहरुले आफुहरुद्वारा गरिएको गतिविधि सार्वजनिक गरेका थिए।
समिक्षा कार्यक्रममा स्वास्थ्य,पशु,कृषि,शिक्षा, आर्थिक,योजना,महिला तथा बालबालिका र बहु उद्देशीय कार्यक्रमका शाखा प्रमुखहरुले गत आर्थिक वर्षमा भएको प्रगति विवरण सहितको शाखागत प्रतिवेदन प्रस्तुत गरेका थिए।

प्रगति विवरण प्रस्तुत गर्ने शाखा प्रमुखहरूले आफ्नो शाखा अन्तर्गत रहेको प्रगति विवरण जनभावना अनुसार भएको तथा उक्त प्रगति विवरणमा सुस्ता गाउँपालिकाले प्रगतिको रेखांकन भएको टिप्पणी गरिएको थियो।
कार्यक्रममा सुस्ता गाउँपालिका अध्यक्ष टेकनारायण उपाध्यायले विकासका लागि सम्पुर्ण सुस्ता बासी एक भएर अगाडि बढिएमा समुन्नत र समृद्ध सुस्ता गाउँपालिका बनाउन सकिने धारणा राख्दै सुस्ता गाउँपालिकामा प्राप्त सकारात्मक सुझावलाई सदैव सम्मान गर्दै नकारात्मक सोच भएकाहरु पनि सच्चिएर सकारात्मक सोचका साथ सुस्ता गाउँपालिका विकासको लागि अगाडि बढ्नुपर्ने विचार व्यक्त गर्नुभयो।
सो अवसरमा प्रमुख प्रशासकीय अधिकृत हुमलाल भुसालले सुशासनको प्रमुख अस्त्र पारदर्शिता रहेकोले यो मुल मन्त्रलाई सबैले मनन गर्नुपर्ने धारणा राख्नुभयो।
भुसालले अहिलेसम्मकै ६६ करोडको बजेटलाई सहि ढङ्गबाट प्रयोग गरेर पालिकालाई उत्कृष्ट बनाउने कार्यमा लाग्न पनि सबैमा आग्रह गर्नुभएको थियो।
वार्षिक प्रगती समिक्षा कार्यक्रममा वडा न.१ का वडा अध्यक्ष अशोक चौधरी,वडा न.२ का वडा अध्यक्ष कृष्णलाल मुखिया,एमालेका खगेन्द्र अर्याल,राष्ट्र स्वतन्त्र पार्टीका शिव गैरे लगायतले वार्षिक प्रगती समिक्षा कार्यक्रममा प्रतिक्रिया सहितको शुभकामना मन्तव्य व्यक्त गर्नुभएको कार्यक्रम सञ्चालक विजय अधिकारीले जानकारी दिनुभएको छ।

सो अवसरमा पालिका अन्तर्गतका जनप्रतिनिधि,राजनीति दलका प्रमुख, संघसंस्थाका प्रतिनिधि,नागरिक समाज र सञ्चारकर्मीहरुको पनि उपस्थिति रहेकोे थियो।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

