Rashtriya Dainik

अवैध खसी बोका बोकेको पिकअप गाडी सहित दुई जना प्रहरीको नियन्त्रणमा

संजय कुशवाहा / नवलपरासी २० भदौ

नवलपरासीमा अवैध खसी बोका ओसारपसारमा संलग्न दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । बिहीबार सुस्ता गाउँपालिका वडा नं. २ महलवारी स्थित इलाका प्रहरी कार्यालय बेलाटारी र प्रहरी चौकी कुडियाबाट खटिएको संयुक्त प्रहरी टोलीले ३३ वटा खसी बोका बोकेको ग ३ च ४५२९ नम्बरको पिकअपलाई चेकजाँच गर्दा बिल बिजक समेत शंकास्पद देखिएपछि पिकअप सहित प्रहरीले नियन्त्रणमा लिएको हो ।
उक्त नियन्त्रणमा लिएको खसी बोकाको अन्दाजी मुल्य ४ लाख ८० हजार बराबर र गाडीको अन्दाजी मुल्य ८ लाख बराबर रहेको छ ।


पक्राउ पर्नेमा पिकअप चालक विनयी त्रिबेणी गाउँपालिका वडा नं. २ दुम्किबास वस्ने वर्ष ३४ को विश्वास परियार र खसी धनि प्रतापपुर गाउँपालिका वडा नं. ९ प्रतापपुर वस्ने वर्ष ३२ को दिपेश ठाकुर समेतलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी प्रहरी नायव उपरीक्षक वीर दत्त पन्तले बताउनुभयो ।

उक्त नियन्त्रणमा रहेको खसी बोका,पिकअप गाडी र दुई व्यक्ति सहित आवश्यक कारबाहीको लागि महेशपुर भन्सार कार्यालय पठाइएको प्रहरीको जनाएको छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित