बिनोद निगम / नवलपरासी ,२० भदौ
पश्चिम नवलपरासीमा मानव बेचबिखन तथा ओसारपसार विरुद्धको १९ औं राष्ट्रिय दिवसको अवसरमा आज बिहान सदरमुकाम परासीमा प्रभातफेरि तथा सचेतनामूलक ¥याली आयोजना गरिएको छ।
जिल्ला प्रशासन कार्यालयको समन्वयमा सुरक्षा निकाय, विद्यार्थी, महिला समूह, गैरसरकारी संस्थाहरू र समुदायिक संघसंस्थाहरूको उपस्थितिमा ¥याली परासी बजारका विभिन्न भाग परिक्रमा गर्दै सम्पन्न गरिएको हो।
यस अवसरमा प्रदेश सभा सदस्य बैजनाथ जयसवाल, रामग्राम नगर उपप्रमुख सम्झना चौधरी, नेपाली कांग्रेस कार्यवाहक अध्यक्ष बिक्रम प्रसाद यदाव, नागरिक उन्मुक्ति पार्टी अध्यक्ष ओमप्रकाश चौधरी, जनता प्रगतिशील पार्टी अध्यक्ष राधेरमण पाण्डे, प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मी, जिल्ला प्रहरी कार्यालय प्रमुख अनुपम श्रेष्ठ, शस्त्र प्रहरी २६ नं. हेडक्वाटर प्रमुख सन्तोष रायमाझी, गोरख दल गणका प्रमुख लगायतको उपस्थिति थियो।
सहभागीहरूले मानव बेचबिखन तथा ओसारपसार रोकथामका सन्देशयुक्त प्लेकार्डसहित नारा लगाउँदै सचेतना फैलाएका थिए।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

