जनकपुर , भदौ २० गते ।
मधेश प्रदेश सरकारले आज (शुक्रवार) सार्वजनिक विदा दिने निर्णय गरेको छ।
बिहीबार मधेश प्रदेश सरकारको गृह, सञ्चार तथा कानुन मन्त्रालयले एक सूचनामार्फत शुक्रबार मुस्लिम धर्मावलम्बीहरुले मनाउने पर्व मोहम्मद जयन्तीको अवसरमा प्रदेशभर सार्वजनिक विदा दिने निर्णय गरेको थियो ।
मन्त्रालयले बिहीवार जारी गरेको सूचनामा भनिएको छ, “मधेश प्रदेश सरकारद्वारा २०८१ चैत २२ गतेको मधेश राजपत्रमा प्रकाशित २०८२ सालमा दिइने थप विदासम्बन्धी सूचनाअनुसार भदौ २० गते शुक्रबार मोहम्मद जयन्तीको दिन सार्वजनिक विदा दिने निर्णय भएको हो ।”
यसअघि नै प्रदेश सरकारले २०८२ सालका लागि सार्वजनिक बिदासूची प्रकाशित गरेको भए पनि थप विशेष अवसरका लागि विदा दिने व्यवस्था रहेको छ। यसअन्तर्गत मोहम्मद जयन्तीलाई सार्वजनिक विदा दिने निर्णय गरिएको मन्त्रालयले जनाएको छ ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

