Rashtriya Dainik

‘मोहम्मद डे’को अवसरमा नवलपरासीको पाल्हिनन्दन ,सरावल र रामग्राम नगरपालिकामा सार्वजनिक बिदा

राष्ट्रिय दैनिक / नवलपरासी ,२० भदौ

इस्लाम धर्मका प्रवर्तक हजरत मोहम्मद सल्लाहु वलैहिवसल्मको जन्म जयन्ती (मोहम्मद डे)को अवसरमा पश्चिम नवलपरासीको पाल्हिनन्दन ,सरावल र रामग्राम नगरपालिकाले सार्वजनिक बिदा दिएको छ ।


इस्लामिक महिना रविउलऔवलको १२ तारिकको बिहान हजरत पैगम्बर मोहम्मदको जन्म साउदी अरबको मक्का मदिनामा भएको थियो । पैगम्बर मोहम्मदले आफ्नो जीवनको सम्पूर्ण लक्ष्य समाज सुधार र व्यावहारिक धर्मको प्रचारप्रसारमा केन्द्रित गरेका थिए ।

समाजमा रहेका रुढीवादी सोच, परम्परा, अन्धविश्वास र विकृतिहरूका विरुद्ध उनले सङ्घर्ष गरेका थिए । नेपालसहित विश्वभरिका मुस्लिम समुदायले ‘मोहम्मद डे’ धुमधामका साथ मनाउने भएकाले पाल्हिनन्दन ,सरावल र रामग्राम नगरपालिकाले सार्वजनिक बिदाको घोषणा गरेको हो ।

यसैबीच प्रतापपुर गाउँपालिका र सुस्ता गाउँपालिकाले जारी गरेको सूचना अनुसार सो दिन मुस्लिम समुदायका धार्मिक विद्यालय (मदरसा) तथा गाउँ कार्यपालिकाको कार्यालय, वडा कार्यालयहरू, स्वास्थ्य संस्था आदिमा कार्यरत मुस्लिम कर्मचारीहरूलाई मात्र स्थानीय बिदा लागू हुने जनाएको छ।

गाउँपालिकाले यस निर्णयलाई धार्मिक तथा सांस्कृतिक विविधताको सम्मान गर्ने कदमकाे। रूपमा लिएको जनाएको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित