वीरगन्ज।मधेश प्रदेशको बर्दिवासमा आयोजित प्रदेशस्तरीय किशोर–किशोरी भेला २०८२ भदौ १८ र १९ गते सम्पन्न भएको छ। मधेश प्रदेश सरकारका खेलकुद तथा समाज कल्याण मन्त्री माननीय प्रमोद जयसवालको प्रमुख आतिथ्यमा सम्पन्न उक्त भेलामा प्रदेशभरिबाट आएका किशोर–किशोरीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
बालविकासमा लगानी, सुनिश्चित भविष्यको तयारी” भन्ने मूल नाराका साथ सम्पन्न भेलामा बाल अधिकार, किशोर-किशोरीको नेतृत्व विकास, बाल विवाह न्यूनीकरण, शिक्षा र लैङ्गिक समानता लगायतका महत्वपूर्ण विषयमा बहस र छलफल गरियो।
कार्यक्रममा सहभागी किशोरीहरूले रचनात्मक प्रस्तुति, कविता, भाषण, र नारा लेखिएका पोस्टरमार्फत आफ्ना विचार राखेका थिए। एक किशोरीले “पहिले गर शिक्षा दान, तब गर कन्या दान” भन्ने सशक्त सन्देश दिँदै बाल विवाहविरुद्ध दृढ आवाज उठाएकी थिइन्।
कार्यक्रममा सेभ द चिल्ड्रेन, सिडब्लुएन नेपाल (CWIN), गर्ल्स नट ब्राइड्स नेपाल, तथा अन्य साझेदार संस्थाहरूको सहयोग रहेको थियो। अमेरिकी दूतावासको समेत यस कार्यक्रममा सहयोग रहेको छ।
भेलाले किशोर–किशोरीहरूलाई सामाजिक परिवर्तनका संवाहकको रूपमा विकास गर्न सहयोग पुग्ने विश्वास आयोजक संस्थाहरूले व्यक्त गरेका छन्। मन्त्री जयसवालले सम्बोधन गर्दै भने, “बालबालिकाको अधिकार सुनिश्चित गर्न प्रदेश सरकार प्रतिबद्ध छ, यस्ता कार्यक्रमले उनीहरूलाई आत्मविश्वासी र सचेत बनाउने छन्।”
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

