राष्ट्रिय दैनिक / नवलपुर ,१९ भदौ
विनयी त्रिवेणी र सुस्ता गाउँपालिकाले आफ्नो क्षेत्र अन्तर्गत रहेकोे साना किसान कृषि सहकारी संस्थालाई सहकारी विभागले निर्धारण गरेको मापदण्ड अनुसार कार्य गर्न एक कार्यदल गठन गरेको छ।
साना किसान कृषि सहकारी संस्थामा रहेकोे कुल ३२ सय ५० सेयर सदस्यलाई ९ कलस्टरमा विभाजन गर्न आवश्यक जनचेतना सहित सेयर सदस्यहरुलाई सुस्ता र विनयी त्रिवेणी गाउँपालिकाको वडा न.६ र ७ बाट सात सदस्यीय क्षेत्र निर्धारण गर्नको लागि कार्यदल गठन गरेको हो।

गठित कार्यदलको संयोजकमा दिपक कुवर, सहसंयोजकमा डिल्लीराम काफ्ले र सदस्यहरूमा खेमानन्द न्यौपाने,भेषराज पौडेल,सीतादेवी जोशी,भागिरथा घर्ती मगर लगायत रहनुभएको छ।
उक्त कार्यदलले २० दिनभित्र भेला,गोष्ठी गरि आफ्नो राय सहितको प्रतिवेदन वडा कार्यालयमा बुझाउने निर्णय भएको जानकारी मा आएको छ।
विनयी त्रिवेणी गाउँपालिका का अध्यक्ष घनश्याम गिरीको अध्यक्षतामा आयोजित विस्तारित बैठकको प्रमुख अतिथि सुस्ता गाउँपालिका का अध्यक्ष टेकनारायण उपाध्याय रहनु भएको थियो।
सो अवसरमा अध्यक्ष उपाध्यायले देशमा तीन तहको सरकार रहेकोमा तीन तहको सरकारको अधिकारलाई सबैले बुझ्न जरुरी रहेको बताउदै उहाँले आफुहरु निर्वाचित हुँदै आएपछि सबैको भावनालाई सम्मान गर्नु आफ्नो परम कर्तव्य रहेको धारणा राख्नुभयो।
सोही कार्यक्रममा सुस्ता गाउँपालिका उपाध्यक्ष गितादेवी चौधरीले गठित कार्यदलले राजनीतिक स्वार्थलाई त्यागेर वास्तविक धरातलमा टेकेर जनताको भावना अनुसार काम गरियो भने त्यसको नतिजा सुखद रहने जिकिर गर्नुभयो।

कार्यक्रममा कार्यदलको संयोजक दिपक कुवरले कार्यदललाई दिएको जिम्मेवारीलाई इमानदारी पुर्वक पूरा गर्ने प्रतिबद्धता व्यक्त गर्दै क्षेत्र विभाजन कार्यलाई सबैको भावना र विचार समेटी भेला र गोष्ठीको माध्यमबाट नागरिकको सुझावलाई आत्मसात गर्ने धारणा राख्नुभएको थियो।
सोही कार्यक्रममा पालिका अध्यक्ष उपाध्याय र गिरीले कार्यदलको निर्णय पुस्तिकालाई सबैको उपस्थितिमा कार्यदलको संयोजक कुवरलाई हस्तान्तरण गर्नुभएको कार्यक्रम सञ्चालिका सरीता भट्टराईले जानकारी दिनुभएको छ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

