सिन्धुपाल्चोक,१८ भदौ
सिन्धुपाल्चोक जिल्लाको तारामराङ आसपासलाई केन्द्रबिन्दु बनाएर मङ्गलबार राति ११ः२३ बजे ४ म्याग्निच्यूडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
भूकम्पको धक्का सिन्धुपाल्चोकसँगै आसपासका जिल्लाहरूमा समेत महसुस गरिएको थियो ।
यसअघि मङ्गलबार बिहान ६ः१५ बजे गोरखाको अजिकोट–३ हंशपुरलाई केन्द्रबिन्दु बनाएर ४ म्याग्निच्यूडको अर्को भूकम्प गएको थियो ।
त्यसैगरी दिउँसो ३ः१३ बजे दोलखाको लापिलाङ क्षेत्र केन्द्रबिन्दु बनाएर ४.१ म्याग्निच्यूडको भूकम्प गएको केन्द्रले जानकारी दिएको छ ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

