काठमाडौं,१८ भदौ । हिन्दू धर्मशास्त्र अनुसार ‘बुध’ ग्रहको लागि समर्पित बार नै बुधबार हो । यस दिन विशेष गरी विथाल-देव (कृष्णको अवतार) को पूजा गरिन्छ। पूजा गर्दा तुलसीको पातले गर्नुपर्दछ । कुनै नयाँ काम थालनीको लागि बुधबार अति नै शुभ मानिन्छ । साथै यस दिन कृष्ण भगवानको व्रत बस्नेले आफूले चाहेको फल पाउने विश्वास गरिन्छ ।
यस दिन गरिने केही कर्मले जिन्दगी भरी फल दिन् मान्यता रहेको छ । हिन्दू धर्ममा गाईलाई पूजनीय मानिन्छ। विशेषगरी बुधबार गाईलाई हरियो घाँस दिने व्यक्तलाई सबै देवी-देवताको कृपा हुने गर्छ भन्ने विश्वास राखिन्छ । यस्तै बुधबार मुंगको दाल दान गर्दा कष्ट निवारण हुन्छ भन्ने मान्यता छ ।
त्यस्तै बुधबार गणेश भगवानलाई सिन्दुर चढाउँदा मनले चिताएको पुग्ने विभिन्न् धार्मिक ग्रन्थहरूमा पाईन्छ । त्यस्तै जसको कुण्डलीमा बुध ग्रहको दोष छ खासगरी बुधबार गणेशलाई लड्डु चढाउनु फलदायी मानिन्छ ।
यस्तै बुध ग्रहको प्रसन्नताका लागि भगवती दुर्गाको पनि यसदिन पूजा अर्चना गर्दा फाइदा पुग्छ । बुध ग्रहलाई भगवान विष्णुको प्रतिनिति पनि मानिन्छ, त्यसैले धन, वैभवआदिका सम्बन्ध बुधसँग छ । बुधको दिशा उत्तर हो र उत्तर दिशा कुबेरको स्थान पनि हो ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

