Rashtriya Dainik

पश्चिम नवलपरासीमा मोहम्मद पैगम्बरको १५०० औँ जन्मजयन्ती भव्यताका साथ मनाइने

नवलपरासी , १७ भदौ ।

ईस्लाम धर्मका प्रवर्तक हजरत मोहम्मद पैगम्बरको १५०० औँ जन्मजयन्ती पश्चिम नवलपरासीमा भव्य रूपमा मनाइने भएको छ । ओल्मा फाउण्डेसन नेपाल, जिल्ला मदरसा–मस्जिद–कब्रस्तान संरक्षण समितिको संयुक्त आयोजनामा भदौ १८ देखि २० गतेसम्म विभिन्न धार्मिक, सामाजिक र सांस्कृतिक कार्यक्रम गरी तीन दिनसम्म उत्सव मनाइने छ ।

फाउण्डेसनका केन्द्रीय अध्यक्ष सैदय गुलाम हुसैनका अनुसार भदौ १८ गते परासी क्याम्पसमा शुभकामना आदानप्रदान कार्यक्रम हुनेछ । भदौ १९ गते विहान बुद्धचोकमा रक्तदान र साँझ १५ सय दीप प्रज्वलन गरेर शान्तिको कामना गरिनेछ । भदौ २० गते पृथ्वीचन्द्र अस्पतालका बिरामीलाई फलफूल वितरणपछि दिउँसो रामग्राम–१२ बाट शुरु हुने बृहत र्यालीसहित जयन्ती धुमधामका साथ मनाइनेछ ।

समितिका अध्यक्ष अमिरुल्लाह मियाका अनुसार र्यालीमा जिल्लाभरबाट करिब पाँच हजार मुस्लिम समुदायको सहभागिता रहनेछ । र्यालीलाई व्यवस्थित बनाउन एक हजार स्वयंसेवक परिचालन गरिने तयारी भएको छ ।

उपाध्यक्ष काशिद अलिका अनुसार हजरत मोहम्मदको जन्म हिजरी संवतको रवि अव्वल महिनामा साउदी अरेबियाको मक्कामा भएको थियो । जयन्तीले मुस्लिम समुदायलाई भाइचाराको सम्बन्धमा बाँध्ने र एकताको सन्देश दिने विश्वास व्यक्त गरिएको छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित