अमृता सुनार/नवलपरासी ,भदौ १७
पश्चिम नवलपरासीको महाकवि देवकोटा क्याम्पस पदस्थापन शाखाको आयोजनामा क्याम्पसमा स्नातक र स्नातकोत्तर तहको अध्ययन पुरा गरि रोजगारीको पर्खाइमा बसेका विद्यार्थीहरुलाई रोजगारीको अवसर प्रदान गर्ने उद्धेश्यले दोस्रो रोजगार मेला संचालन गरेको छ।
क्याम्पस संचालक समितिका अध्यक्ष कृष्ण प्रसाद लामिछानेको अध्यक्षता एवम लुम्बिनी प्रदेश सभा सदस्य खड्ग बस्नेतको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।
सो रोजगार मेलामा शिक्षण संस्थाहरुको तर्फ बाट ६, बंैकहरुको तर्फबाट ६, निमार्ण व्यवसायको तर्फबाट ६, हस्पिटालीटीको तर्फबाट ६, निमार्ण तर्फबाट ७ वटा गरी जम्मा ३१ जना रोजगार दाता कम्पनीहरुको सहभागिता रहेको थियो।
क्याम्पसले २०८१ सालमा पहिलो रोजगार मेला सम्पन्न गरी ५१ जनालाई रोजगारी प्रदान गरेको थियो भने यस पटक ५३ विद्यार्थी अन्तरवार्तामा सामेल भएको क्याम्पसका प्राचार्य नारायण ढकालले बताउनुभयो ।
सो अवसरमा बोल्दै प्रमुख अतिथि बस्नेतले हामी नेपालीहरुमा महत्वकाङक्षा बढि र काम गर्ने थोरै हुने परिवारको एक जना सदस्यले काम गरेर ६ जनाको परिवार पाल्नु पर्ने अवस्था रहेको हुदा सबै परिवारनै रोजगारीमा संलग्न भएमा मात्र मानिसका आवश्यक्ता पुरा हुदै जाने बताउनुभयो ।
उहाले उद्योगलाई आवश्यक पर्ने जनशक्ति तयार गर्नका लागी विद्यार्थीहरुलाई उद्योगहरुमा अवलोकन गराई उद्योगलाई आवश्यक जनशक्ति उपलब्ध गराउन सकिनेमा जोड दिनुभयो ।
त्यस्तै कार्यक्रमका अध्यक्ष लामिछानेले पहिलो रोजगार मेलामा ५१ जना विद्यार्थीले रोजगार हासिल गरेको बताउदै पहिलो मेला अपेक्षाकृत रुपमा सफल भएको बताउनुभयो । उहाले उद्योगहरुलाई जनशक्ति आवश्यता रहेको र त्यो आवश्यकता पुरा गर्न महकवि देवकोटा क्याम्पस तयार रहेको बताउनुभयो ।
क्याम्पसका प्राचार्य नारायण ढकालको स्वागत मन्तव्य रहेको कार्यक्रममा क्याम्पस पुर्व अध्यक्ष एव क्याम्पसं संरक्षक बिष्णु पौडेल, गोपाल प्रसाद शर्मा, सुनवल नगरपालिका वडा नं ४ का वडाध्यक्ष बाल कृष्ण पङ्गेनी, रोजगार दाता कम्पनीको तर्फबाट सुर्य ज्योती लाइफ इन्स्योरेन्स का प्रेम प्रसाद अर्याल, लक्ष्मी स्टिल का प्रबन्धक दामोदर पौडेल, शिक्षक केशव प्रसाद भण्डारी लगाएतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको कार्यक्रम संचालक शिक्षक हरिदत्तले बताउनुभयो।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

