Rashtriya Dainik

भव्य र सभ्य तरिकाले कृष्णनगरको गणेश मूर्ति विसर्जन

अजय मिश्र/कपिलवस्तु, १७ भाद्र

कपिलवस्तुको कृष्णनगरमा आज गणेश चतुर्थीको अवसरमा स्थापना गरिएको मूर्ति प्रहरीको सुरक्षाको साथ पोखरीमा विसर्जन गरिएको छ ।

कृष्णनगरका सामाजिक तथा धार्मिक व्यक्तित्वको अगुवाईमा कृष्णनगरको गोलघर बाट मूर्ति विसर्जनको यात्रा सुरु भएको थियो। भक्तजनहरू नाचगानका साथ मूर्तिलाई कृष्णनगर बजार परिक्रमा गराई विसर्जन गरेका छन् ।

कृष्णनगर बजार क्षेत्रमा गणेश चतुर्थीको अवसरमा तीन स्थानमा मूर्ति स्थापना गरेर धर्मशास्त्र अनुसार पुजापाठ गरी मूर्ति विसर्जन गरिएको हो ।

तराई मधेसमा खास गरेर हिन्दु धर्मावलम्बीहरूले गणेश चतुर्थी धूमधामका साथ मनाएर स्थापना गरिएका मुर्ति विसर्जन गर्ने गरीन्छ । मुर्ति बिसर्जनका क्रममा अप्रिय घटना नहोस भनेर प्रहरीको कडा सुरक्षा व्यवस्थाका बिचमा मुर्तिलाई नगर परिक्रमा गराइ विसर्जन स्थल सम्म पुर्याइएको थियो ।

कृष्णनगरमा बजार क्षेत्र हुदै जाने पुजापाठ गरी स्थापना गरिएका मूर्तिहरु सुरक्षा दिई शान्तिपूर्वक विसर्जन भएको ईलाका प्रहरी कार्यालय कृष्णनगरका प्रहरी निरीक्षक ईश्वर लौडारीले जानकारी दिए। मूर्ति विसर्जनमा सशस्त्र प्रहरी नायब उपरिक्षक तुला बहादुर चौधरीको कमाण्डमा समेत सशस्त्र प्रहरी सुरक्षार्थ खटिएको थियो।

कृष्णनगमा मूर्ति विसर्जनको क्रममा जनप्रतिनिधि, समाजसेवी, बुद्धिजीवी, हिन्दु भक्तजनहरुको वृहत सहभागितामा मूर्ति विसर्जन गरिएको थियो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित