Rashtriya Dainik

चितवन माणी नगरपालिकाले बाल्मिकी आश्रममा आउने तीर्थालुहरु संग पुरातात्त्विक अवलोकनका लागि न्युनतम शुल्क

आरपि उपाध्याय / त्रिवेणी ,१६ भदौ

चितवन माणी नगरपालिकाले बाल्मिकी आश्रममा आउने तीर्थालुहरु संग पुरातात्त्विक अवलोकनका लागि न्युनतम शुल्क लिने भएको छ।
माणी नगरपालिकाले ५५ औं कार्यपालिकाको बैठक बाल्मिकी आश्रममा सम्पन्न गर्दै आवश्यक सफाइ शुल्क लिइ पुरातात्त्विक अवलोकन गर्ने निर्णय भएको नगर प्रमुख तारा काजी महतोले जानकारी दिनुभयो।

बाल्मिकी आश्रममा रहेको त्रेता युग संग जोडिएको जगत जननी सीता माताले प्रयोग गरेको कुवा र सिलौटा,भगवान श्री राम पुत्र लवकुशको पाठशाला,घोडा बाधेको किला,सप्तऋषिहरुले फलफुल खाएको स्थल लगायतको अवलोकन गर्न आवश्यक शुल्क निर्धारण गरिएको जानकारी गराइएको छ।

बाल्मिकी आश्रममा सम्पन्न कार्यपालिका बैठकले आश्रम वरिपरि वर्षौंदेखि बसोबास गर्दै आएका सुकुम्बासी परिवारका बालबालिकाहरुलाई अध्ययन गर्न बाल कक्षा सञ्चालन र सो कार्यका लागि सहजकर्ताको व्यवस्था पनि मिलाइएको जानकारी गराइएको थियो।

बैठकले आश्रम वरिपरि बस्ने १४ परिवारलाई टिनको छानो व्यवस्था गर्ने निर्णय भएको पालिका का उपप्रमुख खेम प्रसाद महतोले बताउनु भयो।

सो अवसरमा आश्रमका मन्दिर चौबीसै घण्टा खुला गर्नुपर्ने तथा खानेपानीको व्यवस्था र खोला नियन्त्रणको लागि पनि आवश्यक प्रक्रिया अगाडि बढाउने निर्णय भएको बताइएको छ।
माणी नगरपालिकाले सरसफाइका लागि शुल्क निर्धारण गर्ने निर्णय भएपनि स्थानीय स्तरबाट उक्त कार्यको चर्को विरोध भएको थियो।

धार्मिक धरोहरको रुपमा रहेको बाल्मिकी आश्रमको मन्दिर अवलोकन गर्न अधिकांश तीर्थालु भारतबाट आउने स्कुले विद्यार्थी रहने हुँदा उक्त शुल्क निर्धारण कार्यले नकारात्मक सन्देश जाने हुँदा त्यस्ता खाले कार्य हालको समयमा नगर्न पनि सुझाव दिइएको जानकारीमा आएको छ।

बाल्मिकी आश्रम को प्रचारप्रसार बिस्तारै अगाडि बढिरहेको समयमा माणी नगरपालिकाको कार्यपालिका बैठकले सफाइ शुल्क लिने निर्णयबाट आश्रमको महत्व र गरिमा मा आघात पुग्ने टिप्पणी पनि गरिएको मन्दिर उपसमितिका एक सदस्यले जानकारी दिएका छन।


नगरपालिका अन्तर्गत भएका मठमन्दिरको विकास र संरक्षणका लागि आफ्नो अधिकार र जिम्मेवारी पालिकाको भएपनि नेपाल भारत अन्तर्राष्ट्रिय सिमा नजिक रहेको बाल्मिकी आश्रमको मन्दिरलाई नै लक्षित गरि गरिने कार्यबाट राष्ट्रिय र अन्तर्राष्ट्रिय मर्यदा अनुरुप विकासे कार्यक्रम गर्नुपर्ने सुझाव पनि केही धार्मिक व्यक्तिहरुले दिएको जानकारी प्राप्त भएको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित