उदयपुर ,१६ भदौ । उदयपुरमा विद्यालयका प्रिन्सिपलले आफ्नै छात्रालाई विद्यालयमा नै जबरजस्ती गरेको रहस्य खुलेको छ ।
बेलका नगरपालिका–२ शिवालय टोल घर भएका ४७ वर्षीय प्रिन्सिपल युवराज श्रेष्ठले १४ वर्षीया छात्रामाथि यस्तो कार्य गरेका हुन् । पीडितको उजुरीपछि प्रहरीले श्रेष्ठलाई पक्राउ गरी थप अनुसन्धान गरिरहेको जनाइएको छ ।
बेलका नगरपालिका–२ कन्चनजंगास्थित हिमशिखर सामुदायिक इङ्लिस बोर्डिङकी ती छात्रामाथि जबरजस्ती करणीको आरोपमा प्रधानाध्यापक श्रेष्ठलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक केदारमान दोङले जानकारी दिए ।
प्रहरीका अनुसार प्रधानाध्यापक युवराज श्रेष्ठले भदौ १४ गते बिहान करिब १० बजेर ४५ मिनेटमा आफ्नै कार्यालय कोठामा छात्रामाथि बलात्कार गरेको भन्दै पीडितकी भाउजुले भदौ १५ गते साँझ ६ बजे इलाका प्रहरी कार्यालय रामपुरठोक्सिलामा लिखित उजुरी दिएकी थिइन् ।
उजुरी दर्ता भएलगत्तै श्रेष्ठलाई पक्राउ गरी इलाका प्रहरी कार्यालय रामपुरठोक्सिलामा राखिएको छ । उनीमाथि थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

