अमृता सुनार/नवलपरासी ,१५ भदौ
महाकवि देवकोटा क्याम्पस मन्टेश्वरी शाखाको आयोजनामा क्याम्पसको सभाहलमा मन्टेश्वरी तालिम लिएका विद्यार्थीहरुलाई प्रमाणपत्र प्रदान गर्ने उद्धेश्यले सञ्चालन गरिएको प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न भएको छ ।
महाकवि देवकोटा क्याम्पसका क्याम्पस प्रमुख नारायण प्रसाद ढकालको अध्यक्षता एवम क्याम्पस सञ्चलक समितिका अध्यक्ष कृष्ण प्रसाद लामिछानेको प्रमुख आतिथ्यता रहेको उक्त कार्यक्रममा क्याम्पस सञ्चालक समितिका सदस्य शालिकराम सापकोटा, सहायक क्याम्पस प्रमुख प्रकाश जि.सी., मन्टेश्वरी शाखा संयोजक सुलोचना अर्याल साथै मन्टेश्वरी तालिम प्राप्त १५ जना विद्यार्थीहरु गरी २९ जनाको उपस्थिति रहेको थियो ।
कार्यक्रममा प्रमुख अतिथि लामिछानेले मन्टेश्वरी तालिम प्राप्त विद्यार्थीहरु शिक्षण कार्यमा अब्बल हुनुपर्ने विचार व्यक्त गर्नुभयो । सो अवसरमा तिन महिने मन्टेश्वरी तालिम पूरा गरेका १५ जना विद्यार्थीहरुलाई सभाध्यक्ष द्वारा टीका साथै प्रमुख अतिथि लामिछाने द्वारा प्रमाण पत्र प्रदान गरिएको थियो ।
कार्यक्रम समापनको अवसरमा बोल्दै सभाध्यक्ष ढकालले सीपमूलक मन्टेश्वरी तालिम द्वारा विद्यार्थीहरुमा शिक्षण सीपको विकास भएकोे विचार व्यक्त गर्नुभयो । उक्त कार्यक्रममा अतिरिक्त क्रियाकलाप शाखा संयोजक उपप्राध्यापक सुलोचना अर्यालले सहजीकरण गर्नुभएको थियो ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

