Rashtriya Dainik

उँखु किसानको माग पूरा गर्न र भुमि बिद्येयक खारेज गर्न माग क्रान्तिकारी किसान महासंघको माग

नवलपरासी ,१५ भदौ – क्रान्तिकारी किसान महासंघ नेपालले उँखु उत्पादक किसानको आन्दोलन प्रति ऐक्यबद्धता जनाएको छ । महासंघले उँखु उत्पादक किसानको माग पूरा गर्न र प्रस्तावित भुमि बिद्येयक खारेज गर्न माग गरेको हो ।

महासंघका जिल्ला संयोजक रामचन्द्र पोखरेलले आइतवार एक प्रेस बिज्ञप्ति जारी गर्दै उक्त माग पूरा गर्न ध्यानकर्षण गराउनुभएको छ । पोखरेलद्वारा हस्तक्षरित बिज्ञप्तिमा भनिएको छ – ‘अतः यतिबेला उँखु किसानहरु आन्दोलत छन् । कृषि प्रधान देश भनिएपनि सबै प्रकारका किसानले समयमा मल बीउ सिंचाई पाउन सकिराखेका छैनन् । किसानको कृषि उपजले उचित मुल्य पाउन सकेको छैन । यो बिकराल अवस्था प्रति क्रान्तिकारी किसान महासंघ नेपाल जिल्ला संगठन समितिको गम्भिर ध्यानाकर्षण भएको छ । तर्सथ हाम्रो संगठन उखु किसानलाई दिइदै आएको प्रतिक्विन्टल ७० रुपैया अनुदान हटाउने वा घटाउने दुवै हर्कत नगर्न र किसानलाई थप अनुदान प्रदान गर्न सरकार चेतावनी दिन चाहन्छ । साथै श्रमजिवी उखुँ उत्पादक किसानको आन्दोलन प्रति ऐक्यबद्धता जाहेर गर्दछ ।’ – उल्लेख गरिएको छ ।

महासंघले भारतबाट आयात हुने बिषादीयुक्त कृषिजन्य उत्पादन जस्तैः तरकारी, फलफूल, माछा, मासु र दुधजन्य आयातमा रोक लगाउन , कृषकलाई मल बीउ समयमै उपलब्ध गराई त्यसको बैज्ञानिक वितरण गर्न र सिंचाईको उचित ब्यवस्थापन, कृषि उपजको समयमै उचित सर्मथन मुल्य तोक्न समेत माग दोहो¥याएको छ । बिज्ञप्तिको अन्त्यमा थप भनिएको छ – ‘सरकारले किसान बिरोधी एंव बहुराष्ट्रिय कम्पनी पोस्ने भुमि बिद्येयक ल्याउने तयारी समेत हुदाँ किसानमारा उक्त बिद्येयकको खारेजीको लागि संर्घषमा उत्रन हाम्रो संगठन किसान बर्ग तथा सबै सरोकारवालासंग आग्रह गर्दछ ।’

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित