राष्ट्रिय दैनिक /नवलपरासी ,१४ भदौ
नेपाल रेडक्रस सोसाइटी बर्दघाट उपशाखाले आधारभूत प्राथमिक उपचार तालिम सम्पन्न गरेको छ। बर्दघाटस्थित न्यू लाइफ माविमा आयोजित दुई दिने तालिममा ११ विद्यालयका विद्यार्थी तथा शिक्षक नायक गरी ६० जनाको सहभागिता रहेको थियो।

तालिममा प्राथमिक उपचारका आधारभूत सीप, घाइतेको अवस्था मूल्यांकन, बेहोसीमा सहयोग गर्ने तरिका, रक्तश्राव नियन्त्रण, पट्टी प्रयोग, घाइतेको ओसारपसारलगायतका विषयमा प्रशिक्षण दिइएको उपशाखा सभापति नारायण अधिकारीले जानकारी दिनुभयो।
तालिमलाई नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखाका सदस्यहरू घनश्याम प्रसाद यादव र बसन्त रेग्मीले सञ्चालन गर्नुभएको थियो।
समापन कार्यक्रममा जिल्ला सभापति राजेन्द्रप्रसाद अग्रहरीले प्राथमिक उपचार सीप प्रत्येक व्यक्तिका लागि अनिवार्य रहेको उल्लेख गर्दै सिकेका सीपलाई व्यवहारमा प्रयोग गर्न आग्रह गर्नुभयो। उहाँले रेडक्रसका सात सिद्धान्तलाई पालना गर्दै संस्था सदैव निष्पक्ष र तटस्थ रूपमा मानवीय सेवा गर्दै आएको जानकारी दिनुभयो।
कार्यक्रम उपशाखा सदस्य तथा जुरेस संयोजक डिबी अधिकारीको अध्यक्षतामा सम्पन्न भएको थियो। उक्त अवसरमा जिल्ला शाखा सदस्य तथा प्राथमिक उपचार संयोजक रुद्रकुमारी कँडेल, रक्तदाता समाजका जिल्ला अध्यक्ष एवं पत्रकार मोहन पौडेल, शिक्षक दीपक बराललगायतले शुभकामना व्यक्त गर्नुभएको थियो।
रेडक्रस बर्दघाट उपशाखाका सभापति अधिकारीले आगामी भदौ २० गते शिवालय मन्दिर परिसरमा १८ विद्यालयका विद्यार्थी र शिक्षक नायकलाई लक्षित गरी स्वास्थ्य परीक्षण शिविरसहित प्रशिक्षण कार्यक्रम आयोजना हुने जानकारी पनि दिनुभयो।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

