Rashtriya Dainik

क्यान्सर पिडित चाैधरी छट्पटाउदै , सहयोगका लागि परिवारको अपिल

उमेश बि.क / नवलपरासी ,१० फाल्गुन

पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका २ चिसापानी निवासी ३३ वर्षीया ताेकमाया चाैधरी महराजगंग काठमाण्डौ स्थित टियु टेक्निकल हस्पिटल उपचारत छिन ।

क्यान्सरको रोगको कारण मृत्युसँग लडिरहेकी चाैधरीलाई थप उपचारमा रकम अभाव भएपछि उनको परिवार चिन्तित बनेको छ ।

उपचार गराउन ठुलो रकमको आवश्यकता परेपछि उनको परिवारले सबै सँग सहयोगको अपिल गरेका छन् । प्रेम चाैधरीले अाफ्नाे श्रीमतीकाे थप उपचारका लागि आर्थिक समस्या भएपछि आर्थिक सहयोगमा अपिल गरेका छन् ।


पिडित चाैधरीकाे श्रीमान प्रेम चाैधरीले घरको आर्थिक अवस्था कमजोर भएकाले सहयोग गर्न सबैलाई आग्रह गरेका छन । हालसम्म ५ लाख भन्दा बढी खर्च भइ सकेको र अझै ८ देखि १० लाखसम्म खर्च हुने घरको सबै सम्पत्ति श्रीमतीकाे उपचारमा खर्च भइसकेको उनले बताए ।

उनले भने सामान्य खेतीपाती गर्दै परिवार पाल्दै आएको छु । श्रीमतीकाे उपचारका लागि भएको सबै सम्पत्ति सकियो अव केले उपचार गर्ने चिन्ताले सताउन थालेकाले उपचारमा आर्थिक खर्च जुटाइदिन सबै समक्ष आग्रह गरेको छु ।

उपचार खर्चमा सहयोग गर्नुहुनेले ग्लाेबल अाइमई बैकमा रहेको खाता नं. N 807010005767 तथा E-Seva ID 9807588319 मा जम्मा गर्न सकिने उनको भनाई छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित