Rashtriya Dainik

भूमि विधेयकविरुद्ध नवलपरासीमा मधेश केन्द्रित दलहरूको सडक प्रदर्शन

राष्ट्रिय दैनिक / नवलपरासी ,१४ भदौ

पश्चिम नवलपरासीमा मधेसी केन्द्रित दलहरू सम्मिलित संघीय लोकतान्त्रिक मोर्चाले भूमि सम्बन्धी विधेयकलाई मधेश विरोधी भन्दै सडक प्रदर्शन गरेको छ।

मोर्चाले ल्याइएको विधेयकले मुलुक र जनताको हितभन्दा पनि भू–माफिया र जग्गा दलाललाई लाभ पुग्ने निष्कर्ष निकालेको छ। प्रदर्शनका क्रममा नेताहरूले भूमि र वन संरक्षण नगरे तराई–मधेश मरुभूमिकरणतर्फ धकेलिने चेतावनी दिएका छन्।

“भूमि र वन बचाऊँ, मधेशलाई मरुभूमिकरण हुनबाट जोगाऊँ” भन्ने नारासहित मोर्चामा आबद्ध दलका नेताहरू सडकमा उत्रिएका थिए।

मोर्चाले सरकारको विधेयक वन विनाश र जलस्रोतको संकट निम्त्याउने भन्दै असन्तुष्टि प्रकट गरेको छ। उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपाल पनि यसैको विरोधमा देशभर प्रदर्शन गरिरहेको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित