दाङ,१४ भदौ
लुम्बिनी प्रदेशसभा सदस्य सरिता पुनको उपचारका क्रममा निधन भएको छ। काठमाडौंस्थित शिक्षण अस्पताल महाराजगन्ज अन्तर्गत मनमोहन सेन्टरमा शनिबार उनको मृत्यु भएको एमाले पोलिटब्युरो सदस्य तथा रुकुम पूर्व इन्चार्ज खेममान खड्काले पुष्टि गरेका छन्।
पूर्वी रुकुम तकसेरा निवासी पुनलाई केही दिनअघि स्वास्थ्य समस्या देखिएपछि काठमाडौं लगिएको थियो। अस्पतालमा एकैपटक दुईवटा ठूलो शल्यक्रिया (मेजर अपरेशन) गरिएको थियो। पहिलो अपरेशनमार्फत उनले छोरीलाई जन्म दिएकी थिइन् भने दोस्रो अपरेशनमा उनको मुटुमा कृत्रिम भल्भ प्रत्यारोपण गरिएको थियो।
पुन एमालेबाट समानुपातिक निर्वाचन प्रणालीमार्फत प्रदेशसभा सदस्य चुनिएकी थिइन्। उनका असामयिक निधनले लुम्बिनी प्रदेश र पार्टी परिवारमा ठूलो क्षति पुगेको नेताहरूले बताएका छन्।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

