Rashtriya Dainik

ज्ञान ज्योति स्वावलम्बन सहकारीकाे २७ औं साधारण सभा तथा ११ औं अधिवेशन सम्पन्न

रुपन्देही ,१४ भदौ

रुपन्देहीको शुद्धोद्वन गाउँपालिका–३ मा अवस्थित ज्ञान ज्योति स्वावलम्बन बचत तथा ऋण सहकारी संस्थाको २७ औं वार्षिक साधारण सभा तथा ११ औं अधिवेशन भव्य रूपमा सम्पन्न भएको छ।

साधारण सभाले पुनः शेरबहादुर थापाको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ।
नव–निर्वाचित कार्यसमिति यस प्रकार रहेको छः

• उपाध्यक्ष – टिकादेवी न्यौपाने

• सचिव – रमेश गौतम

• कोषाध्यक्ष – लक्ष्मण दर्जी

• सदस्यहरू – सुमन थापा क्षेत्री, मिना राना क्षेत्री, शान्ता शर्मा, हिमबहादुर केसी, मातृका प्रसाद चौधरी थारु

त्यसैगरी सुपरिवेक्षण लेखा समितिमा सुवास फौदार क्षेत्री संयोजक र जमुना खत्री तथा गीता क्षेत्री फौदार सदस्य चयन भएका छन्।

कार्यक्रमका अध्यक्षमा शेरबहादुर थापा रहेका थिए भने प्रमुख अतिथि जिल्ला समन्वय समिति रुपन्देहीका प्रमुख उमाकान्त चापागाईं हुनुहुन्थ्यो। कार्यक्रमका विशिष्ट अतिथिमा सहकारी संघ रुपन्देहीका महासचिव दामोदर पंगेनी उपस्थित रहेका थिए।

सभामा निवर्तमान उपाध्यक्ष पार्वता थापाले स्वागत मन्तव्य राखिन् भने सहकारीका सचिव रमेश गौतमले कार्यक्रम सञ्चालन गरे। अध्यक्ष शेरबहादुर थापाले अध्यक्षीय प्रतिवेदन प्रस्तुत गरेका थिए भने साङ्गठनिक प्रतिवेदन सचिव गौतमले प्रस्तुत गरे। लेखा प्रतिवेदन लेखा समिति सदस्य सुवास फौदारले प्रस्तुत गरे भने आर्थिक प्रतिवेदन कोषाध्यक्ष लक्ष्मण दर्जीले प्रस्तुत गरेका थिए।

कार्यक्रममा सहकारी संजाल शुद्धोद्वन गाउँपालिका अध्यक्ष लेखबहादुर खत्री र गणपति बहुउद्देश्यीय सहकारीका अध्यक्ष गोविन्द घिमिरेलगायतले शुभकामना मन्तव्य दिएका थिए।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित