अमृता सुनार/नवलपरासी ,१४ भदौ
पश्चिम नवलपरासीको सुनवल नगरपालिका वडा नं ८ मा अवस्थित अरनिको माविमा अध्ययनरत कक्षा १२ का विद्यार्थीहरुले आज एक कार्यक्रमका बिच कक्षा ११ का नव आगन्तुक विद्यार्थीहरुलाई स्वागत गरेका छन ।
विद्यालयमा अध्ययनरत कक्षा १२ का विद्यार्थी आसिका पासीको सभापतित्व तथा विद्यालय व्यवस्थापन समिति अध्यक्ष ईश्वर कुमार रानाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो।
कार्यक्रममा विद्यालय व्यवस्थापन समिति सदस्य धोर्जे तामाङ, विमल केसी, प्रधानाध्यापक खेम बहादुर नेपाली, सहप्राध्यापक रुद्र लामगादे पौडेल, विद्यालयका सुचना अधिकारी प्रकाश अर्याल, शिब सिंजाली, सुबोध राना, सुनिता श्रेष्ठ र शिक्षकहरुको उपस्थिति रहेको थियो।
कक्षा १२ का विद्यार्थी सन्दिप भण्डारीको स्वागत मन्तव्य रहेको कार्यक्रमको संचालन विवेक गोतामे र ज्ञानमती केवटले गर्नुभएको थियो।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

