Rashtriya Dainik

नवलपरासीकाे सुस्तामा अज्ञात महिलाको वेवारिसे लाश फेला, प्रहरीद्वारा अनुसन्धान जारी

उमेश बि.क / नवलपरासी ,१४ भदौ

पश्चिम नवलपरासीकाे सुस्ता गाउँपालिका–२ छिवनीस्थित भारतीय गण्डक नहर नजिक एक अज्ञात महिलाको लाश फेला परेको छ।

शनिबार साँझ करिब ४:५० बजे नहरको फलामे पुलबाट करिब एक किलोमिटर उत्तर–पूर्वतर्फको बाटो छेउको झाडीमा २६/२७ वर्षको देखिने महिलाको शव भेटिएको प्रहरीले जनाएको छ। मृतक तराई मुलकी जस्तो देखिने भए पनि उनको नाम, थर र वतन हालसम्म खुल्न सकेको छैन।

घटनास्थलको जानकारी पाएलगत्तै प्रहरी चौकी कुडियाबाट प्रहरी सहायक निरीक्षक इन्द्रजित यादवको टोली र इलाका प्रहरी कार्यालय बेलाटारीबाट प्रहरी निरीक्षक शिवकुमार क्षेत्रीको कमाण्डमा टोली खटिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। घटनास्थलमा SOCO टोली समेत खटिएको र थप अनुसन्धान जारी रहेको प्रहरीको भनाइ छ।

मृतकको परिचय खुल्न नसकेको हुँदा चिन्ने वा जान्ने व्यक्तिहरूले नजिकका आफन्तलाई खबर गर्न तथा जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) मा सम्पर्क गर्न आग्रह गरिएको छ। प्रहरीका अनुसार जानकारीका लागि हटलाइन नम्बर १००, कार्यालयको नम्बर ०७८–५२०१९९ वा मोबाइल नम्बर ९८५७०९१२०० मा सम्पर्क गर्न सकिने छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित