Rashtriya Dainik

प्रधानमन्त्री ओली चीन प्रस्थान

काठमाडौं ,१४ भदौ

प्रधानमन्त्री केपी शर्मा ओली सांघाई सहयोग संगठन (एससिओ) को शिखर सम्मेलनमा भाग लिन जनवादी गणतन्त्र चीन प्रस्थान गरेका छन् ।

शनिबार बिहान त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै प्रधानमन्त्री ओली चीन प्रस्थान गरेका हुन् ।

पछिल्लो पटक प्रधानमन्त्री भएपछि चीन भ्रमण गरेको यो दोस्रो पटक पनि हो ।

चिनियाँ राष्ट्रपति सी चिनफिङको निमन्त्रणमा गएका प्रधानमन्त्री ओली १८ गते बुधबारसम्म चीनमा रहनेछन् ।

प्रधानमन्त्री ओलीले सांघाई सहयोग संगठन (एससीओ) शिखर सम्मेलनमा भाग लिने कार्यक्रम छ ।

भ्रमण टोलीमा श्रीमती राधिका शाक्य, शिक्षामन्त्री रघुजी पन्त, पर्यटनमन्त्री बद्रीप्रसाद पाण्डे, काँग्रेस उपसभापति पूर्णबहादुर खड्का, प्रधानमन्त्रीका आर्थिक सल्लाहकार डा. युवराज खतिवडा, सांसद छविलाल विश्वकर्मासहितका उच्च अधिकृतहरू रहेका छन् ।

एससीओ सम्मेलन १५ र १६ भदौमा उत्तरी चीनको तियान्जिनमा आयोजना हुँदैछ । त्यसको उद्घाटन चिनियाँ राष्ट्रपति सीले गर्नेछन् ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित