Rashtriya Dainik

नवलपरासीकाे सीमा नाकाहरूबाट भारततर्फ इन्धन तस्करी हुन्दै

९ फागुन महेशपुर ।

पश्चिम नवलपरासीको सीमामा खटिएका नेपाल प्रहरी र सशस्त्र प्रहरीको मिलोमतोमा पेट्रोल, डीजल अवैध रुपमा तस्करी भई रहेको छ |

नेपाल आयल निगमले भारतीय सवारी साधनलाई नेपाली भूमिमा तेल भर्न कडाइ गरे पनि सीमा क्षेत्रका पम्पहरुले तस्करहरूको लागि जर्किन ,ग्यालिन तथा ड्रममा तेल दिने गारेका छान् |

सबै प्रादेशिक कार्यालय तथा सीमा क्षेत्रका कार्यालयहरुलाई विषेश परिपत्र गर्दै निगमले सीमावर्ती क्षेत्रका पम्पबाट भारतीय सवारी साधनमा इन्धन भर्ने र बिक्री गारने सीमा तोकेको हो भने सीमा क्षेत्रका पम्पहरुले तस्करीहरूको लगि भने छूट गरेका छ |

भारतबाट नेपालतर्फ आउने नवालपरासीको भुजहवा ,रामपुरवा,महेशपुर, गेर्मी, गोपालपुर, लगायतका सीमा नाका देखी मिलोमतो अवैध रुपमा लत्ता कपडा, सुर्ती, पानपराग, राग़ा, भैसी,मटर, पेट्रोल,डीजल,लगायतका सामानहरु अहिले ब्यापक रुपमा तस्करी फष्टाएको छ।

हाल भारतीय बजारमा भन्दा नेपालमा पेट्रोल ३५.२९ र डिजेल ४१.४३ रुपैयाँ सस्तो छ । खुला सीमा र मूल्यअन्तरका कारण सीमावर्ती क्षेत्रमा पेट्रोल, डीजल तस्करी बढ्दै गई रहेको छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित