Rashtriya Dainik

नापी अधिकृत यादवसहित परिवारविरुद्ध भ्रष्टाचार मुद्दा

रुपन्देही ,१३ भदौ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय भैरहवाका प्रमुख तथा नापी अधिकृत सुग्रीव यादवसहित उनकी श्रीमती गायत्री यादव र छोराहरू सुधान्सु यादव तथा शुभम यादवविरुद्ध विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।

आयोगका अनुसार, यादवले २०५३ असार १३ देखि २०८१ असार १६ सम्म सार्वजनिक पदमा रहँदा करिब ९ करोड ३ लाख रुपैयाँ आर्जन गरेका देखिए पनि सोही अवधिमा उनले १४ करोड ८३ लाख रुपैयाँ बराबरको सम्पत्ति खर्च र लगानी गरेका थिए। यसरी करिब ५ करोड ७९ लाख रुपैयाँ बराबरको सम्पत्तिको स्रोत पुष्टि गर्न नसकेकाले गैरकानुनी आर्जन ठहरिएको हो।

गैरकानुनी सम्पत्ति जफत गर्न र सो बराबरको बिगो असुल गर्न माग गरिएको आरोपपत्रमा उल्लेख छ। अख्तियारले सार्वजनिक पदमा रहँदा दुरुपयोग गरी सम्पत्ति आर्जन गरेको र परिवारका नाममा सम्पत्ति दर्ता गरेको आरोप लगाएको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित