Rashtriya Dainik

सरावल१ तुलसीनगरमा कार्तिक १३ गतेदेखि २५ गतेसम्म दाेस्राे सरावल औद्योगिक व्यापार मेला हुने

उमेश बि.क / नवलपरासी ,१३ भदौ

पश्चिम नवलपरासीको सरावल गाउँपालिका वडा नम्बर १ तुलसीनगरमा कार्तिक १३ गतेदेखि कार्तिक २५ गतेसम्म दाेस्राे सरावल औद्योगिक व्यापार मेला हुने भएको छ।

आज सरावल उद्योग वाणिज्य संघ र जय माता दी एम्युज्मेनट एण्ड इभेन्ट म्यानेजमेन्ट प्रा.लि., बुटवल बिच सम्झौता भएको हाे ।

“कृषि, पर्यटन, खेलकुद तथा उद्योगको पूर्वाधार, सरावलको दिगो विकास र अर्थतन्त्रको आधार” भन्ने मूल नाराका साथ कार्तिक १३ गतेदेखि कार्तिक २५ गतेसम्म सरावल १ तुलसीनगरमा दाेस्राे सरावल कृषि, पर्यटन, सँस्कृति तथा औद्योगिक व्यापार मेला आयोजना गरिने आयोजकले जनाएको छ।

उद्योग वाणिज्य संघ सरावलकाे आयोजना एवं सरावल गाउँपालिकाको संरक्षकत्व तथा जय माता दी एम्युज्मेनट एण्ड इभेन्ट म्यानेजमेन्ट प्रा.लि., बुटवलकाे ब्यवस्थापनमा मेला हुन लागेको हो।

सरावल उद्योग बाणिज्य संघका अध्यक्ष सुशान्त शर्मा घिमिरेका अनुसार मेलाले स्थानीय उत्पादनको प्रवर्द्धन गर्दै ऐतिहासिक स्थलहरूको पहिचान र सरावलको सांस्कृतिक धरोहरको जगेर्नामा सहयोग पुग्ने उल्लेख गर्नु भयो । ” मेलाले सरावलको पहिचान बढाउने र चिनाउने अपेक्षा राखेको छु । अध्यक्ष शर्माले भन्नु भयो ।

करिब १ लाख दर्शकले अवलोकन गर्ने अनुमान गरिएको मेलामा करिब २ करोड ४० लाख रुपैयाँको आर्थिक कारोवार हुने लक्ष्य राखिएको सरावल उद्योग बाणिज्य संघका बरिस्ठ उपाध्यक्ष बिरेन्द्र यादवले बताउनु भयो । मेलाको व्यवस्थापनका लागि करिब ५० लाख रुपैयाँको लागत लाग्ने अनुमान गरिएको संघले जनाएको छ ।

मेलामा विभिन्न जातजातिका झाँकी प्रदर्शन, “मम्मी डान्स” प्रतियोगिता, टोल विकास संस्थाहरूबीच खेलकुद प्रतियोगिता, राष्ट्रिय स्तरका कलाकारहरूको प्रस्तुति, बाल उद्यान र जल परी तथा झुलाहरू राखिने जय माता दी एम्युज्मेनट एण्ड इभेन्ट म्यानेजमेन्ट प्रा.लि., बुटवलका सन्चालक राजबिर जैसवालले बताउनुभयो ।

मेलामा प्रवेशका लागि ८० रुपैयाँ टिकट राखिएको छ भने विद्यार्थीका लागि ५० रुपैयाँ र ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिहरू: निःशुल्क प्रवेशको ब्यवस्था मिलाउने संघले जनाएको छ ।

मेलाले सरावलभित्रका उत्पादनहरूको बजारीकरण र भाषा, कला तथा संस्कृतिको संरक्षणमा योगदान पुर्‍याउने अपेक्षा गरिएको छ। मेलाबाट आएको आम्दानीको ५% स्थानीय क्षेत्रको पर्यटन विकासमा लगानी गरिने अध्यक्ष घिमिरेले उल्लेख गर्नु भयो ।

मेलामा अटोमोबाइल्स, बहुराष्ट्रिय कम्पनीका जुत्ता चप्पल, बैंक तथा बीमा कम्पनीहरू, महिला उद्यमीका उत्पादनहरू र घरेलु उत्पादनहरूका स्टलहरु समावेश हुने उद्योग बाणिज्य संघका बरिस्ठ उपाध्यक्ष यादवले जानकारी दिनुभयो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित