Rashtriya Dainik

मन्त्री त्रिपाठीद्धारा स्वास्थ्य चौकीको शिलान्यास

 

राष्ट्रिय दैनिक /नवलपरासी , ९ फाल्गुन

पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका वडा नम्बर ९ भुताहामा अवस्थित पञ्चनगर स्वास्थ्य चौकीको अाज एक कार्यक्रमका बिच शिलान्यास भएको छ ।

वडा नंं ९ का अध्यक्ष एवं पञ्चनगर स्वास्थ्य चौकी व्यवस्थापन समितिका अध्यक्ष चन्द्रकान्त चापागाईको अध्यक्षता एवं नेपाल सरकारका स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदेश त्रिपाठीको प्रमुख आतिथ्यतामा स्वास्थ्य चौकीको शिलान्यास भएको हाे।

शिलन्यास कार्यक्रमलाई सम्बाेधन गर्दै मन्त्री त्रिपाठीले आफु स्वास्थ्य मन्त्री भइसकेपछी स्वास्थ्य मन्त्रालयका स्वास्थ्य कर्मचारीहरुको समुचित समायोजन गरि हौसला गरेको बताउनु भएको हाे। आफु स्वास्थ्य मन्त्री भएको दुई महिना नवित्दै नेपालमा कोरोना खोप भित्राई नागरिकलाई खोप दिन सुरु गरिएको बताउनुभयो ।

त्यस्तै संविधान सभा सदस्य बिक्रम खनालले आफुले नगरको सबै नगरबासिको स्वास्थ्य प्रती चिन्तित रहेकोले स्वास्थ्य सेवामा कुनै किसिमको कमि कमजोरी नसह्ने बताए ।भौतिक पूर्वाधार र उपकरण नुहुँदा यहाँका बासिन्दा अलि ठूलो स्वास्थ्य समस्या हुनेबित्तिकै अन्य ठाउँमा जानुपर्ने बाध्यता हटेर अब आफ्नै ठाउँमा सेवा लिन पाईने बताउनु भएको हाे। वहाले स्वास्थ्य शाखालाई पनि बिना कुनै ढिलाई सबै स्वास्थ्य चौकीहरुको आवस्यकता पूरा गर्ने निर्देशन दिएको बताए ।

कार्यक्रममा बर्दघाट नगरपालिकाकी नगर उपप्रमुख मायादेवी पौडेल, बर्दघाट नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत मेघनाथ उपाध्याय, नेकपा बर्दघाट नगर ईन्चार्ज रुद्र प्रकाश उपाध्याय, नेपाली कांग्रेस बर्दघाट नगर सभापति शम्भुलाल श्रेष्ठ, मदन आश्रित प्रतिष्ठानका अध्यक्ष यज्ञ प्रसाद खनाल लगायतले मनतव्य राख्नु भएको थियो ।

राष्टिय पुन निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यलय ईकाई भरतपुरको सहयोगमा निर्माणाधिन पक्कि भवनको ३ करोड ३० लाख ५५ हजारको लगानीमा १५ महिना भित्र निर्माण कार्य सम्पन्न हुने गरी किरातेश्वर कन्ट्क्सन एण्ड ड्रिलिङ कम्पनि प्रा.ली काठमाण्डौले जिम्मा लिएको पुन निर्माण प्राधिकरण भरतपुरका ईन्जिनियर सुवास न्यौपानेले जानकारी दिनुभयो । वडा नंं ८ का वडा अध्यक्ष कविराज आचार्यको स्वागत मनतव्य रहेको कार्यक्रमको संचालन पञ्चनगर स्वास्थ्य चौकीका ईन्चार्ज बाबुराम तिमिल्सीनाले गर्नु भएको थियो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित