अर्जुन शाह/फाल्गुन ९,बीरगञ्ज
नेपाल बिद्यार्थी नेवि संघका जिल्ला सभापती बिस्वास द्विवेदी ले वीरगन्जमहानगरपालिका का नगर प्रमुख विजय कुमारसरावगी लाई ज्ञापन पत्र बुझाएका छन्।
ज्ञापनमा उल्लेख गर्दै भने बीरगंज महानगर भित्र बसन्त ऋतुको आगमन सङै बढदै गएको लामखुट्टेको प्रकोपले जन जीवन आकन्त भएकाे प्रति नेपाल बिधार्थी संघको गम्भीर ध्यानाकर्षण भएको हुदा लामखुट्टेका कारण डेङ्गु मलेरिया महामारी फैलिने खतरा ले बिधार्थी र आम जनसमुदाय लगायतका सम्पूर्ण लाई पीडा हुने भएकोले वीरगन्ज महानगरपालिकालाई यो समस्या नियुनिकरण समाधान गर्न गराउन याे ज्ञापन पत्र बुझाएका छौ।
कार्यक्रममा नेबि संघ जिल्ला कार्य समितिका उपसभापति जीतेन्द्र मिश्रा,विकेश पटेल, सह सचिव इन्द्रषण यादव,जिल्ला सदस्य कृष्णा दास,अमित सोनी, प्रशान्त गुप्ता,नेबि संघ का एकाई बात दीपक पटेल, सरोज पटेल र कारण साह लगायत का उपस्थिति रहेको थियो
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

