Rashtriya Dainik

खेलकुद आपसी सद्भाव बढाउने महत्त्वपूर्ण माध्यमम हो : मन्त्री त्रिपाठि

नन्दु यादव ,फागुन ९/नवलपरासी

पश्चिम नवलपरासी जिल्लाकाे प्रतापपुर गाउपालिका वडा न ८पिपरपातीमा अाज देखि दाेस्राे प्रतापपुर गाउपालिका स्तरिय अाधारभुत खेलकुद प्रतियाेगिता अाज देखि सुरु भएकाे छ ।डम्बरबहादुर अाधारभुत बिद्यालय पिपरपातिका बिद्यालय ब्यवस्थापन समतिका अध्यक्ष प्रदिप सिह थापाकाे सभापतित्व तथा स्वास्थ्य तथा जनसंख्या मन्त्री माननीय हृदेश त्रिपाठी काे प्रमुख अतिथ्यतामा कार्यक्रम काे अाज उदघाटन गरिएकाे छ ।स्वास्थ्य काे लागि खेलकुद राष्ट्र काे लागि खेलकुद भन्ने मुलनाराकाा साथ खेलकुद सन्चालन गरिएकाे प्रतापपुर गाउपालिका शिक्षा शाखाकाे प्रमुख यादव चन्द्र बिस्ट ले जानकारी दिनु भयाे ।कार्यक्रम मा नारद ठाकुर ,श्रवण कुमार कुशवाहा ,सत्यदेव पाण्डे ,पुर्व स्राेत ब्यक्ति दधिराम शर्मा,बिद्यालय निरिक्षक यादव चन्द्र बिस्ट ,जिल्ला शिक्षा समन्वय ईकाईका प्रमुख डाेलराज पाण्डे ,प्रदेश सदस्य अजय बहादुर शाहि लगायतले मन्तब्य ब्यक्त गर्नु भयाे ।कार्यक्रम मा बाेल्दै प्रमुख अतिथि ामाननीय मन्त्री त्रिपाठी ले खेलकुद अापसि सद्भाव बढाउने एउटा मजुबत माध्यम हाे ।खेलकुदलेे पनि बिश्वमा नाम प्रसिध्द गरि अाफ्नाे जीवन यापन गरेकाे धेरै खेलाडिहरुकाे उदाहरण नै छ ।खेल अनुसासन रुपले खेल्नुपर्ने अावश्यक रहेकाे बताउनु भयाे ।यश खेलले अवस्य पनि यश क्षेत्रमा नया खेलाडी उत्पादन गर्ने कुराम बिश्वास रहेकाे बताउनु भयाे ।तेसै गरि अामजनताहरुकाे स्वास्थ्य तर्फ अाफ्नाे विशेष भुमिका रहेकाे बताउनु भयाे ।

काेराेना भ्याक्सिन नेपालमा पनि लगाउने शुरु गरिएकाे र अबकाे केही दिननमा सबैले खाेप लगाउन पाउने मन्त्रालय ले काम गरिरहेकाे बताउनु भयाे । खेलकुदमा कुल ४८बिद्यालयकाे सहभागिता रहेकाे छ ।हाईजम्प ,लङजम्प ,त्रिपल जम्प ,रिले दाैड १००/२००/४००/८०० र १५००मिटरकाे दाैड ,ज्याभिलिन थ्राे ,शटपुट र ब्याडमिन्टन लगायतकाे खेल सन्चालन हुने प्रतापपुर खेलकुद समितिका सचिव अभिनन्दन सिहले बताउनु भयाे ।कार्यक्रम लाई रबिन्द्र हरिजनले सन्चालन गर्नु भएकाे थियाे भने खेलकुद १२गते सम्म सन्चालन हुने बताईएकाे छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित