Rashtriya Dainik

काला बजारी मुद्दामा धरौटी राखेर छुटेका उद्योगी मोहनलाल चाचान माथी पैसा लिएर दिन नमानेको भन्दै एक विधुवा (एकल) महिला गरे जाहेरी

वीरगंज ९ फाल्गुन
काला बजारी मुद्दामा धरौटी राखेर छुटेका उद्योगी मोहनलाल चाचान माथी पैसा लिएर दिन नमानेको भन्दै एक विधुवा (एकल) महिला अदालत पुगेकी छिन

वीरगंज महानगरपालिका वडा नं. १० निवासी स्व. मेरचन्द अग्रवालकी बुहारी स्व. अरुण कुमार अग्रवालकी श्रीमती निलम देवी अग्रवालले चाचानले व्यवसायीक कारोवारको लागि लिएको ऋण सापटी वापतको रकम दिलाई पाउ भनी सम्माननीय पर्सा जिल्ला अदालतमा रिट निवेदन दिएकी छिन ।
चाचानले २०७० सालमा आफु संग समाजिक एवं घरायसी सम्बन्ध रहेकै कारण ऋण सापटी वापत रु. ६१ लाख ४० हजार रकम लिए पछि व्यापक आनाकानी पश्चात बल्ल बल्ल एक पटक रु. ५० हजार र अर्को पटक रु. २९ लाख २१ हजार ४ सय फिर्ता गरे पनि बांकी रकम र त्यसको चलन चल्ती अनुरुपको व्याज सहित हुन आउने रु. ६३ लाख ८१ हजार रकम पटक पटक मांग गर्न जादा आनाकानी तथा दिनै न चाहने जस्तो व्यवहार गर्ने गरेको भन्दै न्यायको लागि अदालत पुगेको निलम देवीले रिट निवेदनमा उल्लेख गरेकी छिन ।
स्मरण रहोस संसार नै कोरोना महामारीको जोखिमका कारण बन्दाबन्दीको मार खेपिरहेको वेला यीनै मोहनलाल चाचानले दैनिक उपभोग्य बस्तु दालमा काला बजारी गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय बाराले पक्राउ गरी मुद्दा चलाउदा धरौटीमा छुटेका व्यक्ती हुन ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित