Rashtriya Dainik

विनयी त्रिवेणीमा घाँटी रेटेर श्रीमानले गरे श्रीमतीको हत्या

कावासोती /३० साउन

नवलपुरमा श्रीमानले श्रीमतीको तरकारी काटने चक्कुले घाँटी रेटेर हत्या गरेका छन् ।

जिल्लाको विनयी त्रिवेणी गाउँपालिका वडा नं.३ उदयटारी बस्ने महेन्द्र पौडेलले आफ्नै श्रीमती गोमा पौडेलको चक्कुले घाँटी रेटेर हत्या गरेको जिल्ला प्रहरी कार्यालय नवलपुरका सुचना अधिकारी प्रहरी नायव उपरीक्षक मधु नेपालले बताउनुभयो ।

शुक्रबार बिहान करिब १०.३० बजेको समयमा श्रीमान श्रीमती बिचघरायसी विषयमा विवाद भएको थियो । विवाद बढदै जाँदा तरकारी काट्ने चक्कुले घाँटी रेटेर पौडेलले आफ्नै श्रीमतिको हत्या गरेको प्रहरी नायव उपरीक्षक नेपालले बताए ।

श्रीमतीको हत्या गर्ने श्रीमानलाई नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित