दोरेन्द्र खड्का / बझाङ ८ फागुन
बझाङको सुर्मा गाउँपालिकामा खानेपानि निमार्णका दुई योजनाको ठेक्का खरीद ऐन विपरीत वितरण गरीएको छ । गाउँपालिका कर्मचारीहरु कमिसन खाएर नियम विपरीत ठेक्का वितरण गरेको खुल्नमा आएको हो ।
गाउँपालिकाले गत पुष २१ गते विछाडा खानेपानि योजना र छेडा–घोगाड–पटेउरी खानेपानि योजना गरी दुई शिर्षकमा ठेक्का आह्वान गरेको थियो ।
सार्वजनिक खरिद ऐन अनुसार प्रतिस्पर्धा गराई न्यूनतम मूल्यमा काम गर्ने निमार्ण कम्पनिलाई ठेक्का दिनुपर्ने भएपनि खरिद ऐनलाई छलेर जनप्रतिनिधि र कर्मचारीको मिलेमतोमा ठेक्का वितरण गरीएको छ ।
गाउँपालिकाले निमार्ण गर्न लागेको विछाडा खानेपानि योजनाको लागत ४९ लाख ९३ हजार ५ सय ६८ रुपयाँ रहेको थियो । उक्त ठेक्कामा न्यु अनमोल निमार्ण सेवा र अनमोल निमार्ण सेवा गरी दुई निमार्ण कम्पनिले ठेक्का हालेका थिए ।
न्यु अनमोल निमार्ण सेवाले ४९ लाख ९० हजार बराबर र अनमोल निमार्ण सेवाले ४२ लाख ४५ हजार बराबरमा टेन्डर हालेका थियो । नियमअनुसार अनमोल निमार्ण सेवाले ठेक्का पाउनुपर्ने भएपनि कर्मचारीहरु आर्थिक प्रलोभनमा परेर न्यु अनमोल निमार्ण सेवालाई ठेक्का दिएको छ ।
यस्तै ५९ लाख ९९ हजार ४ सय ४९ रुपयाँ लागतमा निमार्ण हुने छेडा–घोगाड–पटेउरी खानेपानि निमार्ण आयोजनामा तीन निमार्ण कम्पनिले ठेक्का हालेका थिए । जयलक्ष्मी निमार्ण सेवाले ५९ लाख ९७ हजार, किनारा निमार्ण सेवा ५७ लाख र अनमोल निमार्ण सेवाले ५० लाख ९५ हजारमा टेन्डर हालेका थिए ।
नियम अनुसार सबैभन्दा कममा काम गर्ने अनमोल निमार्ण सेवाले ठेक्का पाउनु पर्ने भएपनि झण्डै ७ लाख बढीमा टेन्डर हालेको किनारा निमार्ण सेवालाई दिएको छ ।
दुवै ठेक्काबाट झण्डै १४ लाख कमिसन खाएर गाउँपालिका कर्मचारीले न्यु अनमोल निमार्ण सेवा र किनारा निमार्ण सेवालाई ठेक्का वितरण गरेका हुन । यि दुवै निमार्ण कम्पनी स्थानिय हुन ।
दुवै ठेक्कामा गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीराज जोशी र लेखापाल राजेन्द्र खत्रीले आर्थिक प्रलोभनमापरी नियम विपरीत अर्कै मान्छेलाई ठेक्का दिएको अनमोल निमार्ण सेवाका सञ्चालक हेमन्त भण्डारीको आरोप छ ।
ठेकदार कम्पनी र कर्मचारीको मिलेमतोमा नियम विपरीत अर्कैलाई ठेक्का पारेको उनले गुनासो गरे । यस प्रकरणबारे प्रशासन तथा सार्वजनिक खरीद अनुगमन कार्यालयमा उजुरी दर्ता गर्ने भण्डारीले बताए ।
यता प्रमुख प्रशासकीय अधिकृत जोशीले भने आर्थिक प्रलोभनमा नपरेको बताएका छन् । उनले नियम संगत नभएकोले अर्कै मान्छेलाई ठेक्का दिईएको बताएका छन् । उनले भने अनमोल निमार्ण सेवाको बैकं ग्यारेन्टीमा छाप छुटेको थियो त्यही कारणले अर्कै मान्छेलाई ठेक्का दिएका हौ ।
राष्ट्रीय वाणीज्य बैकं बझाङ शाखाले बनाएको बैकं ग्यारेन्टीमा छाप छुटेको समस्या देखाउदै कर्मचारीहरुले आर्थिक प्रलोभनमा परि नियम विपरीत ठेक्का वितरण गरेका हुन । राष्ट्रीय वाणीज्य बैकंले भने आफ्नो गल्ती भएको र सुधारको लागी तोकीएकै समयमा गाउँपालिकालाई पत्र लेखी पठाएको जनाएको छ ।
यस्तै निमार्ण व्यवसायी संघ बझाङका उपाध्यक्ष दिपक रोकायाले कर्मचारीहरुले नियम विपरीत नै ठेक्का वितरण गरेको बताए । उनले भने बैकंले गाल्ती स्विकार गर्दै पालिकालाई पत्र पठाई सकेपछि पनि ठेक्का कम मुल्यमा हाल्नेलाई दिनुपर्ने हो, तर कर्मचारीहरुले अर्कै मान्छेलाई दिनु गलत हो ।
यसरी पालिका कर्मचारीहरुले ठेक्काका अर्कैलाई दिएबापत १४ लाख बढी रकम हात पारेका छन् ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

