राष्ट्रिय दैनिक / नवलपरासी , ८ फाल्गुन
नवलपरासीको सरावल गाउँपालिका वडा नं ५ बडहरामा हिन्दु धर्मको रक्षा तथा स्थानीय क्षेत्र विकास एवम् देव मन्दिर निर्माणका लागि श्री श्री १०८ श्री सप्तचण्डी महायज्ञ जारी रहेको छ ।

अाठाैँ दिनकाे रात्री रामलिला कार्यक्रमलाई सम्बाेधन गर्दै सरावल गाउँपालिका अध्यक्ष राधेश्याम चाैधरीले सामाजिक सदभावकाे लागि रामलिला जरुरी छ भन्ने कुरामा जाेड दिनुभएको छ। मर्यादा पुरुषोत्तम रामचन्द्रको जीवन कहानीमा आधारित रामलिला नाटकबाट सामाजिक सदभाव, राज्य व्यवस्था प्रतिको उत्तरदायित्व, भातृ प्रेम, पिताको पैतृक आज्ञा, राष्ट्र प्रमुखको राष्ट्र प्रतिको माया र जनताको उत्तरदायित्व, सामाजिक रितिरिवाज कायम राख्न बिशेष भुमिका खेल्ने भएकोले रामलिला हुन जरुरी रहेको बताउनु भएको हाे।

रामलिलाबाट टाढा टाढा रहेका इष्टमित्र, भाइबन्धुहरुसितको भेटघाट, सामाजिक सदभावको नविकरण हुने गरेकोले यस्ता सामाजिक तथा धार्मिक नाटकहरुबाट विमुख हुदै गरेको समाजिक सदभाव, खलबलिनबाट बचाउने तथा वर्तमानका युवा पिँढीहरुकालागि समेत ज्ञानबर्धक भइ सामाजिक सुधारमा उन्नति हुने कुरामा जाेड दिदै सनातन हिन्दु धर्मको जिवनशैलि तथा संस्कार,अास्था तथा बिश्वासकाे संरक्षण र समाजिक सदभावकाे सम्बर्द्धनकाे लागि रामलिलाले ठुलाे भुमिका खेलेकाे भन्ने कुरामा जाेड दिनुभएको थियाे।

त्यस्तै लुम्बिनी प्रदेशसभा सदस्य दिपेन्द्र अधिकारीले महायज्ञबाट सामाजिक सदभाव,अनुसाशन,समाजमा सकारात्मक सुधार,धार्मिक सामाजिक सदभाव कायम तथा वर्तमानका युवा पिँढीहरुकालागि समेत महायज्ञ ज्ञानबर्धक भइ सामाजिक सुधारमा उन्नति हुने कुरामा जाेड दिदै सनातन हिन्दु धर्मको जिवनशैलि तथा संस्कार,अास्था तथा बिश्वासकाे संरक्षण र समाजिक सदभावकाे सम्बर्द्धनकाे लागि महायज्ञले ठुलाे भुमिका खेलेकाे बताउनु भएको हाे।

सप्तचन्डि पूजनबाट सुरु गरिएको रामलिला हेर्ने दर्शकहरु उपस्थिति दिनानुदिन बढ्ने क्रम जारी रहेको छ । हालको मौसम रामलिला नाटकको लागि उपयुक्त रहेकोले दर्शकहरु गाउँ गाउँबाट आउने गरेका छन् ।
यस वर्षको रामलिला नाटकमा बडो अनुशासित तरिकाबाट भइराखेको छ । मञ्चमा दर्शकहरुलाई बस्न त्रिपाल तथा कुर्सीहरुको व्यवस्था रहेकाले दर्शकहरु आनन्दका साथ रमाएर पुरा समय रामलिला अवलोकन शान्तिमय प्रकारले गरी रहेका छन् ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

