ज्ञानेश्वर सहानी ,नवलपरासी ७ फाल्गुन ।
नवलपरासी जिल्लाको महेशपुर , भुजहवा , गेरमा , हरपुर नाकाबाट शसस्त्र प्रहरीको सेटिङ्गमा तस्करले खुलेआम तस्करी गर्दै आएका छन् । सिमा सुरक्षाका लागि तैनाथ सशस्त्र प्रहरीले लाईन दिएपछि तस्करहरुको बढ्दो सक्रियताले यस क्षेत्रमा तस्करीमा तीव्रता आएको हो ।

नवलपरासीको ठुलो नाकाको रुपमा चिनिने महेशपुर नाकाबाट दिनहुँ भारतीय सामग्रीहरुको चोरी–निकासी हुने गरेको छ । सशस्त्र प्रहरी बल नेपाल भुजहवाका ईसपेटर धनराज बुधाथोकी , सशस्त्र प्रहरी बल नेपालका हरपुर का ईसपेटर सोहित शर्मा , सशस्त्र प्रहरी बल नेपाल गेरमा का स.ई सुबेन्द्र मल्ल ,सशस्त्र प्रहरी बल नेपाल गेरमा का जवान सानू यादव , सशस्त्र प्रहरी बल नेपाल हरपुरका जवान देव चाैधरीले तस्करसंग सेटिङ्ग मिलाई भन्सार छलेर ल्याइने भारतीय सामग्रीहरुमा चिनी, माछा,टवेल , हाडवेयर ,स्पेयर पार्टस्, कुखुराको चल्ला, कस्मेटिक तथा खेलकुद लगायतका सामग्रीहरु छन् ।

भारत तर्फबाट चिनी, माछा,टवेल , हाडवेयर ,स्पेयर पार्टस्, कुखुराको चल्ला, कस्मेटिक, इलेक्ट्रोनिक सामग्रीहरु नेपाल तर्फ चोरी–निकासी गराउँदै आएका छन् । सो नाकामा नेपाल प्रहरी र सशस्त्र प्रहरी बल तैनाथ रहेपनि तस्करी नियन्त्रणमा आउन सकेको छैन ।

सुरक्षाकर्मीहरुकै मिलेमतोमा यस क्षेत्रबाट तस्करी हुदै आइरहेको स्थानीय वासिन्दाहरु बताउँछन् । भारतीय र नेपाली तस्करसंग कुरेर पैसा असुल्ने काममा सशस्त्र प्रहरी का जवानलाई नै जिम्मेवारी दिएको बुझिएको छ । उनीमाथि कुनै किसिमको हालसम्म कारवाही भएको देखिदैन् । स्रोतका अनुसारले उठाउने गरेको तस्करीको घुसको हिस्सा सशस्त्र प्रहरी बलका ठेला देखि साना सम्म दिने गरेकोले पटक पटक विवादमा आएपनि उनमाथि कुनै कारवाही नगरिएको बुझिएको छ ।

माथिल्लो हाकिमहरुलाई मिलाएर महेशपुर नाकाबाट खुलेयाम तस्करीको लाइन सञ्चालन भइरहेकोे विभिन्न सञ्चार माध्यममा पटक पटक समाचार आएकै छ । तैपनि मुलुकको अर्थतन्त्रलाई ध्वस्त पार्न मासिक रकम दिएर सञ्चालित तस्करी फस्टाउँदै गएको देखिए पनि देश चलाउन उठ्ने राजश्व माथिल्लो तहका प्रहरी अधिकारीको रजाई बनेको देखिन्छ ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

