कपिलवस्तु / ७ फागुन
कपिलवस्तु नगरपालिका वडा नः २ मा रहेको श्री यशाेधरा माध्यामिक विद्यालयका बालबालिकाहरुकाे लागि ५ सय पिस माक्स बालबालिका हरुलाई वितरण गरिएकाे छ । लुम्बिनि बिकास कोषका कार्यकारिणी सदस्य राजेश ज्ञवालीको पहलमा ती बिद्यालयलाई माक्स बितरण गरिएको हो ।
लुम्बिनी बिकास कोषका कार्यकारिणी सदस्य एवं नेपाली कांग्रेसका युवा नेता राजेश ज्ञवालीको संयोजनमा कोभिड नियन्त्रण अभियान का क्रममा श्री यशाेधरा माध्यमिक विद्यालय मा मास्क वितरण गरिएको हो ।
स्वास्थ्य नै सबै ठुलो धन हाे भन्ने मुल नारा काे साथमा विद्यालय हरु मा माक्स वितरण अभियान निरन्तर चलिरहेको लुम्बिनी बिकास कोषका कार्यकारिणी सदस्य एवं नेपाली कांग्रेसका युवा नेता राजेश ज्ञवालीले बताउनु भयो ।
माक्स अनिवार्य लगाउनु पर्छ किन कि काेराेना भाइरस बाट बचाउ छ अनि धुलाेधुवा साथसाथै अन्य धेरै राेगहरु बाट माक्सले बचाउ छ युवा नेता राजेश ज्ञवालीले बताउनु भयो ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

